AnonymousUser

Logout

वीरगन्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगन्जको श्रीपुर घटनापछि सद्भाव कायम राख्न सर्वपक्षीय बैठकले तीनबुँदे सहमति गरेसँगै प्रशासनले कर्फ्यु हटाएर मंगलबार बिहानसम्मका लागि नगरका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

धनुषाको मुरलीचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ट्राफिक प्रहरी हवल्दारको मृत्यु भएको छ।

वीरगन्जको श्रीपुर घटनापछि सद्भाव कायम राख्न तीनबुँदे सहमति

वीरगन्जको श्रीपुर घटनापछि उत्पन्न तनाव कम गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दोषीलाई कारबाही गर्ने र सामाजिक सद्भाव कायम राख्नेलगायतका सहमति गरेको छ।

सिंहदरबार र सर्वोच्चमा आगजनी गर्नेलाई ‘मुद्दा नचलाइने’, सरकारी वकिलको निर्देशनमा धमाधम छाडिँदै

आन्दोलनका क्रममा आगजनी गर्नेविरुद्ध अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारले मुद्दा नचलाउने निर्णय गरेर अभियुक्तलाई धमाधम छाडिरहेको छ। यसरी छाड्न फरकफरक ‘बहाना’ बनाइएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम ५ अर्बमा सीमित

सोमबार नेप्से परिसूचक २.४१ अंकले सुधार भए पनि कारोबार रकम भने ५ अर्ब १३ करोडमा सीमित भएको छ।

निर्वाचन आचारसंहिता उल्लंघनमा ८५ जनासँग स्पष्टीकरण माग, ५४ को जवाफ प्राप्त

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको उजुरीका आधारमा हालसम्म ८५ जनालाई स्पष्टीकरण सोधेकोमा तीमध्ये ५४ वटाको जवाफ प्राप्त भई अध्ययन भइरहेको जनाएको छ।

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा च्यापिएका एक यात्रुलाई उद्धार टोलीले पाँच घण्टाको प्रयासपछि जीवितै बाहिर निकाल्न सफल भएको छ।

धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन

यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ।

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू

वीरगन्ज क्षेत्रमा आइतबार‍ दुई समुदायबीच झडप भएको थियो र त्यसले ठूलो रूप नलगोस् भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

धादिङमा बस दुर्घटनामा परेर १७ जनाको मृत्यु , २८ घाइते

पोखराबाट काठमाडाैँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

पेट्रोलियम आयात घटाउने र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यसहित सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिलाई राजपत्रमा प्रकाशित गरी शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग गर्न नपाइने, जनप्रतिनिधिलाई चुनाव प्रचारमा कडाइ

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा धातु र काठका भौतिक चिह्न प्रयोग गर्न रोक लगाएको छ भने स्थानीय कार्यपालिकाका पदाधिकारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ।

मनमैजुमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित एक घरभित्र छिरेको चितुवाले दुई जनालाई आक्रमण गरेको थियो।

‘लगानीकर्ताको त्रास सम्बोधन नभए सामाजिक-आर्थिक सन्तुलन जोखिममा’

जेन–जी आन्दोलनपछि निजी क्षेत्रको मनोबल खस्किएर पुँजी पलायनको जोखिम बढेको औँल्याउँदै अध्ययनले निजी क्षेत्रको संरक्षण र आत्मविश्वासबिना दिगो आर्थिक विकास सम्भव नहुने निष्कर्ष निकालेको छ।

लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्ने आदेश

विशेष अदालतले पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर वृद्धाको मृत्यु

काठमाडौँको पेप्सीकोलामा गुडिरहेको बसबाट खसेर घाइते भएकी ६५ वर्षीया एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

गौरमा पुनः कर्फ्यु

स्थानीय प्रशासनले अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारेको थियो।

संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार बिहान ७ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।