आजको माैसम: कतै बादल कतै झरी

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– अहिले काठमाडाैँ उपत्यकासहित तराईंका केही भागमा तुँवालो लागेको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाडी भागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका  पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ।  देशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार  कोशी,  गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।