प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर रेल सेवा फागुन १९ देखि २१ गतेसम्म तीन दिन पूर्ण रूपमा बन्द रहने भएको छ।
धनुषा– नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा शुक्रबार जारी सूचनाअनुसार, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म (तीन दिन) भङ्गाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने भएको हो।
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ। साथै, फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नै नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख छ। रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न समेत कम्पनीले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
