राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभासहित पूर्वीनेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।
वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बानेश्वरबाट १ जनालाई पक्राउ गरेको छ।
सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन्।
बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा निसेलढोरमा ढुवानी र यात्रा गर्न समस्या भएको छ।
लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले गरेको सम्झौता अस्वीकार्य रहेको भन्दै मुलुकका सबै राजनीतिक दलका नेताहरूले यसको समाधान परिपक्व कूटनीतिक पहल र सर्वपक्षीय सहमतिबाट खोज्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
समितिको बिहीबारको बैठकबाट विधेयक पारित भए पनि प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा र राप्रपाले भने फरक मत राखेका छन्।
नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक मार्ग सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको भनिएको सम्झौताप्रति सांसदहरूले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्।
कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए भने माओवादी केन्द्र, रास्वपाका सांसदले भने प्रतिवेदन पारित गर्ने समयमा बैठक बहिष्कार गरेका थिए।
दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार बिहान भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको जिप बिहीबार बिहान दुर्घटना भएको छ।
घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यकता देखिएको समितिले जनाएको छ।
मधेश प्रदेश सरकारले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ।
सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्।
२०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकमाथि गत साउन ८ गते सामान्य छलफल भएको थियो।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका छन्।
विभिन्न कार्यस्थलमा हुने दुर्घटनामा श्रमिकको ज्यान गएको समाचार आइरहन्छन्। यद्यपि, श्रमिकलाई सुरक्षित स्थल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ। तर सरकार र रोजगारदाताको बेवास्ता मृत्युको कारण बनिरहेछ।
मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।