निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ।
काठमाडौँ– नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णरूपमा बन्द रहनेछ।
निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ। साथै, सो अवधिमा सीमा नाकासमेत बन्द गरिने उल्लेख गरिएको छ।
रेल सेवा फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित समयमै पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
