देशभरका १६० राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन्। अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएका बेला पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत लुक्ला पुर्याउने गरिन्छ।
पहिरोका कारण करिब २५० मिटर सडक प्रभावित भएको छ। जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।
गोदाम लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएकी थिइन्। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।
अहिले सूचना प्रविधिको विकाससँगै मानव बेचखिनका स्वरूपहरू पनि फेरिएका छन्। अहिले पढेलेखेका महिला/पुरुष पनि बेचिने गरेका छन्।
‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले शुक्रबार बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको छ।
आफ्नो औपचारिक लेटरप्याड तथा ईमेलमार्फत जानकारी नमागेको हुनाले यसलाई 'मेटा सम्पर्कमा आएको' भन्न नमिल्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।
दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, एक्स, हाम्रो पत्रोलगायत २६ वटा सामाजिक सञ्जाल 'प्लेटफर्म' बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाएको छ।
विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो।
आज बसेको मन्त्रिस्तरीय बैठकले नेपालमा सूचीकृत नभएका अनलाइन तथा फेसबुक, एक्सलगायत सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।
अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अस्पतालले अन्यत्र ‘रेफर’ गरेको पीडितले गुनासो गरेका छन्।
सडक अवरुद्ध भएपछि ढोरपाटन शिकार आरक्ष आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो।
गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।
खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो।
भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि कन्चनपुररमा उच्च सतर्कता अपनाइएको छ।
पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।
कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ।