AnonymousUser

Logout

कस्तो रहला आजको मौसम ?

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

मध्यपूर्व तनाव: समस्यामा परेका नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन

कतार, इरान, साउदी अरब, कुवेत, यमन, इजरायल, साइप्रस, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनस्थित नेपाली राजदूतावासहरूले छुट्टाछुट्टै सूचना जारी गरी त्यहाँ रहेका नेपालीहरूलाई अनलाइन पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेका छन्।

जेनजी आन्दोलनका क्रममा फरार व्यक्तिसहित चार जना पक्राउ

जेनजी आन्दोलनका क्रममा जेलबाट फरार भएका सुनिल थापासहित चार जनालाई सशस्त्र प्रहरीले लागुऔषधसहित लोकन्थलीबाट पक्राउ गरेको छ।

ड्युटीमा खटिएका मतदान अधिकृत अचानक बेहोस, उपचारका क्रममा मृत्यु

सर्लाहीको जिगडवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको मंगलबार दिउँसो ड्युटीकै क्रममा अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ।

धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते

धनुषाको बडहरी पुलमा फेला परेको शंकास्पद वस्तु विष्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् र प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ।

चाँगुनारायणमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइतेको उपचार हुँदै

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको निजी कार चाँगुनारायणमा दुर्घटना हुँदा गम्भीर घाइते भएका जडीबुटीका तीन जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ।

समस्यामा परेका नेपालीको उद्धारका लागि 'इमर्जेन्सी रेस्पोन्स टिम' गठन

मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण समस्यामा परेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले 'इमर्जेन्सी रेस्पोन्स टिम' गठन गर्दै अनलाइन पोर्टलमार्फत विवरण संकलन थालेको छ।

सरकारी मापदण्डले ‘अयोग्य’ बनाएपछि मनोसामाजिक परामर्शदाता सडकमा

सीटीईभीटीबाट तालिम लिएका र त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञान पढेर काम गरिरहेका परामर्शकर्ताहरूले सामीअन्तर्गत हुने भर्ना प्रक्रियालाई अपारदर्शी ठहर गर्दै आन्दोलन शुरू गरेका छन्।

मतदानका लागि गाउँ फर्किँदै सर्वसाधारण, साढे ७ लाखले छोडे काठमाडौँ उपत्यका

यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ।

मौन अवधि उल्लंघन गरे के हुन्छ कारबाही?

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको मौन अवधि उल्लंघन गर्नेलाई दुई वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने कानूनी व्यवस्थाबारे सचेत गराएको छ।

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने

प्रतिनिधिसभा निर्वाचन र अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालतले बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ गर्ने भएको छ।

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।

रामेछापका तीन मतदान केन्द्रमा फेरि पठाइयो कर्मचारी र निर्वाचन सामग्री

मतदानका लागि खटाइएका कर्मचारी र निर्वाचन सामग्री बोकेको सवारी सोमबार दुर्घटनामा परेपछि रामेछापका तीनवटा मतदान केन्द्रका लागि मंगलबार दोस्रो पटक निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ ।

कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना

कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रुकुम पूर्व र हेटौँडामा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

रुकुम पूर्व र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

रामेछाप दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो

रामेछाप नगरपालिका–२ देउरालीमा सोमबार निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

गिरीबन्धुको ५१ बिघा जग्गा फुकुवा गर्ने सर्वपक्षीय प्रतिबद्धता

झापाको गिरीबन्धु चियाबगानभित्रको ५१ बिघा जग्गाको खरिदबिक्री, धितो र नामसारीमा रहेको अवरोध हटाउने सर्वपक्षीय सहमति जुटेसँगै राजनीतिक दलहरूले यस क्षेत्रमा चुनावी प्रचारप्रसार गर्न पाएका छन्।

‘निर्वाचनले नवयुवाको सुशासन र पारदर्शिताको अपेक्षा पूरा गर्नेछ’

सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी दुर्घटना: एक जनाको मृत्यु, ६ घाइते

रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

रामेछापमा निर्वाचन कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना

रामेछापको देउरालीमा निर्वाचन कर्मचारी र सामग्री पुर्‍याएर फर्काउने क्रममा गाडी दुर्घटनामा परेको छ।