Thursday, May 09, 2024

-->

न्यूजलेटर
उकालो साप्ताहिक ब्रिफिङ: कालो धनले डोर्‍याएको अर्थतन्त्र, चुच्चे चर्चा

अदालतमा अभियोग दर्तासँगै ललितानिवास जग्गा प्रकरण मत्थर भएको छ भने अहिले चीनले हालै जारी गरेको नक्सामा नेपालको ‘चुच्चे नक्सा’ले समेटेको भूभाग नपरेको विषय चर्चामा छ।

उकालो साप्ताहिक ब्रिफिङ कालो धनले डोर्‍याएको अर्थतन्त्र चुच्चे चर्चा

स्थापित कर प्रणालीमा नसमेटिएका आर्थिक व्यवहार र अवैध प्रवृत्तिका कारण औपचारिक वित्त प्रणालीबाट स्वतः बाहिर रहेको (कालो) अर्थतन्त्रलाई समग्रमा विज्ञले ‘छाया अर्थतन्त्र’ भन्ने गरेका छन्। रितेश त्रिपाठीको लेखअनुसार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना नहुने र करको दायराभन्दा बाहिर रहेको यस्तो अर्थतन्त्रका कारण राजस्व योजना, मौद्रिक नीति र वित्तीय प्रक्षेपणहरू प्रभावित भइरहेका छन्।

देशको औपचारिक अर्थतन्त्र र बैंकिङ कारोबारलाई चुनौती दिने गरी निरन्तर फस्टाउँदो अदृश्य अर्थतन्त्रले वित्तीय अपराधका अनेक धन्दाको जालो फिँजाउँदै गएकोबारे बिस्तृतमा पढ्नुहोस्: कालो धनको चेपुवामा अर्थतन्त्र

चुच्चे मुद्दामा अगाडि, सडक व्यवसायीको विषयमा पछाडि नेपालको उत्तरी छिमेकी चीनले सोमबार बेलुकी भारतको अरुणान्चल प्रदेश एवं विवादित क्षेत्र आकसाइ चीन समेट्दै आफ्नो भौगोलिक नक्सा जारी गर्‍यो। सीमाना जोडिएको नेपाल पनि देखिएको उक्त नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित 'चुच्चे' भाग अटाएको छैन।

वर्षौं पुराना 'प्रतिद्वन्दी' चीन र भारतले बेलाबेला आफ्नो रवाफ देखाउन अनेक तिकडम लगाइरहेका हुन्छन्। अहिले पनि यी दुई देशबीच सिमानातिर प्रत्यक्ष द्वन्द्व चलिरहेकै हुन्छ। दक्षिण एशिया मात्र नभई विश्वबजारमै प्रभाव जमाउन प्रयासरत यी दुई देशबीचको चलिरहेको अप्रत्यक्ष द्वन्द्वको पछिल्लो संस्करण हो यो 'म्यापगेट'।

उत्तरी छिमेकीको यो कदमपछि नेपालमा यो विषयमा चर्चा शुरू भएको छ, सरकारले चीनसँग यसबारे कुरा राख्नपर्ने आवाज उठ्न थालेका छन्। यसै सन्दर्भमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला कुराकानी हुने बताएका छन्।

कुनै भारतीय सिनेमाले सीता भारतकी छोरी हुन् भन्ने आशयको संवाद राख्यो भनेर नेपाली सिनेमाहलमा हिन्दी फिल्म चल्न नदिने निर्देशन् जारी गरेका काठमाडौँ महानगरका प्रमुख बालेन शाहले चीनले चुच्चे भूभाग नराखी नेपालको नक्सा चित्रण गरेको भन्दै आफ्नो चीन भ्रमण रद्द गरेका छन्।

'राष्ट्रवाद'को टेको टेकेर र केही सुधारका कार्य थालनी गरेर समर्थक रिझाउन सफल शाह सडक व्यापारी व्यवस्थापनाको मामालामा भने पटक–पटक चुक्दै आएका छन्।

उकालोमा बुधबार छापिएको स्टोरी कानून भन्छ– ‘गरिबको गाँस खोस्नु अपराध’, काठमाडौँ महानगर भने त्यही गर्छ मा लोकेन्द्र विश्वकर्मा लेख्छन् "काठमाडौँ महानगरले नै दिएको तथ्यांकअनुसार बितेका दुई वर्षमा एक हजार ६५२ जनाको सामान उसले जफत गरेको छ। खाद्यअधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ ले यसो गर्नुलाई फौजदारी अपराध मानेको छ।"

कथ्यमा सडक व्यापारीको उचित व्यवस्थापन गर्ने भने पनि महानगर प्रमुखको निर्देशनमा खटिएको नगर-प्रहरीले यी व्यवसायीहरू माथि अमानवीय व्यवहार देखाउँदै आएको छ।

उक्त लेखकै अनुसार सडक व्यापारीको सामग्री, ठेलागाडा र नाङ्लो जफत गरेर काठमाडौँ महानगरपालिकाले रोजीरोटी मात्र खोसेको छैन सम्पत्तिको हक, खाद्य सुरक्षासम्बन्धी हक, सम्मानपूर्वक बाँच्न पाउने हकलगायतका कानून र मानवअधिकारको उल्लंघन पनि गरिरहेको छ।          

संसदीय सकस
प्रधानमन्त्री पुष्पकमल दाहालको 'गिरिबन्धु टी-एस्टेट अस्त्र'ले एमाले झस्किएपछि संसद् अवरोधको अन्त्य हुँदै बिजनेस शुरू भएको थियो। यही सिलसिलामा मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम चल्यो।

सोही दिन सदनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा जघन्य अपराधीलाई जोगाउने प्रावधान राखिएको टिप्पणी गर्दै त्यसलाई पारित गर्न नहुने धारणा राखेका थिए। उनले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको र सो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रहसमेत गरेका थिए।

सम्बन्धित: संसदीय छानबिनको अँध्यारो पाटोः थन्क्याउन मात्र बनाइन्छन् प्रतिवेदन

कुनै ठूला काण्ड वा घटना हुँदा जहिल्यै संसदीय छानबिनको आवाज उठ्छ। तर पछिल्लो तीन दशकयता भएका अधिकांश संसदीय छानबिन प्रतिवेदन तयार पार्नेमा सीमित भएका छन्।

साताका विशेष हेडलाइनहरू

समाज बुझाउने इतिहास र भूगोलको पढाइ संकटमा, प्राध्यापकहरू भन्छन्– राज्यकै नीतिले विद्यार्थी आएनन्
इतिहास र भूगोललाई मानवजातिको संस्कृति, परम्परा, प्रकृति मात्र नभई देश नै बुझ्ने विषय मानिन्छ। तर त्रिविको केन्द्रीय विभागमा यी विषय पढ्नेको संख्या नगन्य छ। कतिपय क्याम्पसमा त पठनपाठनसमेत बन्द भएको छ। 

आरती साह मृत्यु प्रकरण: माग पूरा गर्नुको सट्टा माइतीघर छोड्न गृहमन्त्रीको दबाब
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार आरती साहका परिवारलाई मन्त्रालयमै बोलाएर अढाई महिनादेखि धर्ना दिइरहेको स्थल माइतीघर छाडेर घर फर्किन दबाब दिएका थिए।

समाज बुझाउने इतिहास र भूगोलको पढाइ संकटमा, प्राध्यापकहरू भन्छन्– राज्यकै नीतिले विद्यार्थी आएनन्
इतिहास र भूगोललाई मानवजातिको संस्कृति, परम्परा, प्रकृति मात्र नभई देश नै बुझ्ने विषय मानिन्छ। तर त्रिविको केन्द्रीय विभागमा यी विषय पढ्नेको संख्या नगन्य छ। कतिपय क्याम्पसमा त पठनपाठनसमेत बन्द भएको छ।

धरानको सन्देशः सामाजिक सञ्जाल बन्नसक्छ समाजमा द्वन्द्व निम्त्याउने कारण
सामाजिक सञ्जालबाट प्रवाह हुने भ्रामक सूचना कतिसम्म घातक हुनसक्छन्? साम्प्रदायिक तनावको भुंग्रोमा पर्नबाट बल्लबल्ल जोगिएको धरानको सन्देश सबैका लागि गतिलो पाठ हुनेछ।

इन्जिनियरिङ शैक्षिक शुल्कवृद्धि खारेज गर्ने सहमति भए पनि विद्यार्थीमाझ असन्तुष्टि कायमै
अध्ययन शुल्क बढाउने आईओईका पदाधिकारीको सहभागिताबिना त्रिवि पदाधिकारी र केही विद्यार्थी संगठनका प्रमुख नेताहरूको एकलौटी सहमति भएको उनीहरुको आरोप छ।

माओवादी नेता महराका छाेरा राहुल पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले पूर्वसभामुख महराका छोरा राहुललाई बुधबार दिउँसाे काठमाडाैँबाट पक्राउ गरेको छ।

ललितानिवास प्रकरणमा किन भएन संगठित अपराधमा मुद्दा दर्ता? 
शुरूमा किर्तेमा अनुसन्धान अघि बढाएको सीआईबीले असार १९ मा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गर्दै संगठित रूपमा किर्ते भएको भन्दै संगठित अपराध मुद्दामा अनुसन्धानका लागि अनुमति लिएको थियो।

चन्द्रमामा अक्सिजनको संकेत भेटिएको ‘ईसरो’को दाबी
अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभरले अक्सिजनसहित धेरै खनिज पदार्थ रहेको संकेत फेला पारेको ईसरोले जनाएको छ।

भारत र पाकिस्तानसँग खेलेपछि नेपाली क्रिकेटको सम्भावित परिदृश्य
बुधबारदेखि शुरू हुने एशिया कपमा नेपालले क्रिकेट महारथीहरू भारत र पाकिस्तानसँग खेल्दै छ। यी दुई खेलको नतिजाभन्दा धेरै ठूलो हुनेछ, नेपाली क्रिकेटमा तिनै दुई खेलले जुराइदिने अवसर।

विद्यार्थी अभावले चल्न नसक्ने अवस्थामा पुगेका क्याम्पस : ‘मर्ज’मा लैजाने प्रयासमा त्रिवि
देशभरका ५८४ क्याम्पसमा विद्यार्थी संख्या घटेर १०० भन्दा कममा सीमित छ। स्नातक तहमा विद्यार्थी नपुगेर चलाउनै मुश्किल परेपछि त्रिभुवन विश्वविद्यालयले क्याम्पसहरूलाई आपसमा गाभिन आह्वान गरेको छ।

अन्तर्वार्ता : ‘राजनीतिमा बढ्दो अराजकता रोक्न निर्वाचन कानूनमा सुधार अपरिहार्य भयो’
‘हामीले प्रणाली फेर्न नभई अहिलेकै प्रणालीभित्रको निर्वाचन प्रक्रियामा सुधार गर्न खोजेका हौँ। लोकतन्त्रमा निर्वाचन भनेको सुशासन, सदाचारतर्फको प्रस्थानविन्दु हो। मुहानमै सुधार नभए अरू कुरा सम्भव हुन्न।’

र, अन्त्यमा : ती आशाराम, यी सन्दीप
 


सम्बन्धित सामग्री