नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा जोडिएका संगठनका पूर्वपदाधिकारीदेखि व्यापारिक घरानाका सदस्यसमेत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौँ– नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना १ पैसा जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सीआईबीका प्रवक्ता, एसपी होबिन्द्र बोगटीले अदालतबाट पक्राउ पुर्जी जारी भएको उकालोलाई बताए।
अनाथ र सहाराविहीन बालबालिकाका लागि सरकारले जोहो गरिदिएको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने पूर्वपदाधिकारीदेखि त्यो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने व्यापारिक घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी गरिएको हो।
बिहीबार काठमाडौँ जिल्ला अदालतले बाल संगठनका तत्कालीन पदाधिकारी, सम्झौतामा जोडिएका साक्षी र बाल संगठनबाट जग्गा लिजमा लिएर बृहस्पति स्कुल सञ्चालन गरिरहेको व्यापारिक घराना विशाल ग्रुपका सदस्यहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीहरूविरुद्ध बाल संगठनले मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा जाहेरी दिएको थियो।
त्यसकै आधारमा सीआईबीले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्न बिहीबार नै अदालतसमक्ष अनुमति मागेको थियो। बाल संगठनको यो जग्गा हिनामिना सम्बन्धी विस्तृत विवरण उकालोले उजागर गरेको थियो।
बाल संगठनबाट लिजमा हात पारेको २८ रोपनी ५ आना १ पैसा जग्गामा व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति स्कुल सञ्चालन भइरहेको छ। त्यही जग्गामध्ये केही सबलिजमा दिएर विशाल ग्रुपकै धेरै हिस्सा रहेको राय स्कुल सञ्चालन गरिएको छ।
यो जग्गा लिजसम्बन्धी सम्झौता नै गैरकानूनी रहेको भन्दै बाल संगठनको वर्तमान कार्य समितिले गत वैशाख १४ गते लिज सम्झौता नै खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि बाल संगठन बदनियतपूर्वक लिज सम्झौता गर्ने तत्कालीन पदाधिकारीलगायतलाई कारबाहीको माग गर्दै सीआईबीमा पुगेको थियो।
यो प्रकरणमा सीआईबीले यसअघि नै अनुसन्धान शुरू गरेको थियो। त्यस क्रममा २०४९ देखि २०७२ सालसम्म पटक–पटक बाल संगठन र बृहस्पति स्कुलबीच भएका जग्गा लिज सम्झौता कानूनसम्मत भए–नभएको, सम्झौताका कारण बाल संगठनलाई के कति नोक्सानी पुग्योलगायत विषयमा सीआईबीले करिब महिनायता अनुसन्धान गरिरहेको थियो। सीआईबीले अनुसन्धान जारी राखेकै बेला बाल संगठनले जग्गा लिज सम्झौता खारेज गर्ने निर्णय गरेको थियो।
बाल संगठनका तत्कालीन पदाधिकारीहरूले पटक–पटक चलखेल गरेर बृहस्पतिले आगामी २१३२ सालसम्म संगठनको जग्गा भोगचलन गर्न पाउनेगरी लिज सम्झौता गरेका थिए। त्यसमध्ये अधिकांश निर्णय रीता सिंह बाल संगठनको अध्यक्ष रहेका बेला भएका थिए। उनी नेपाली कांग्रेसका संस्थापक नेता, दिवंगत गणेशमान सिंहकी पुत्री एवं कांग्रेस सांसद प्रकाशमान सिंहकी दिदी हुन्।
२०४८ सालमा सिंह अध्यक्ष भएर आउनसाथ बाल संगठनले पहिलो पटक बृहस्पति स्कुललाई जग्गा लिजमा दिने सम्झौता गरेको थियो। सिंह नै अध्यक्ष रहेका बेला संगठनले २०७२ सालमा पूरक सम्झौता गरी वार्षिक ९० लाख रुपैयाँ भाडा लिने गरी बृहस्पतिलाई बिनाप्रतिस्पर्धा २१३२ सालसम्म जग्गा लिजमा दिने निर्णय गरेको थियो।
बाल संगठनबाट लिजमा लिइएको अधिकांश जग्गा बृहस्पति स्कुलले ओगटेको छ। बाँकी ९ रोपनी जग्गा भने एउटै (बृहस्पतिकै) व्यवस्थापनबाट सञ्चालन भइरहेको भारतीय शिक्षा बोर्डबाट सम्बन्धनप्राप्त राय स्कुललाई सबलिजमा दिइएको छ। उकालोले पहिलोपटक २०७९ माघ ६ गते यो प्रकरणको विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो। त्यसयता उकालोले यस प्रकरणसँग जोडिएका विषय निरन्तर फलोअप गर्दै आएको छ।
बाल संगठनको जग्गा हिनामिनालगायत विषयमा छानबिन गर्न सरकारले २०७६ कात्तिक ७ गते उच्च अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। चार महिनामा सरकारलाई आयोगले बुझाएको प्रतिवेदनमा यो जग्गा लिज प्रकरणमाथि प्रश्नै प्रश्न उठाइएको थियो। आयोगले यस प्रकरणसँग जोडिएका संगठनका पूर्वपदाधिकारी र बृहस्पतिका सञ्चालकमाथि सरकारले विस्तृत छानबिन गरी कारबाही गर्नुपर्ने सुझावसमेत दिएको थियो।
तर यो प्रतिवेदन चार वर्ष पुग्न लाग्दासमेत महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक गर्न सांसददेखि सरोकारवालाहरूले निरन्तर माग गर्दै आएका छन्। संगठनको जग्गालगायतको सम्पत्ति हिनामिना गर्ने काममा संलग्न समूहले नै मन्त्रालयका माथिल्लो तहका कर्मचारीदेखि राजनीतिक नेतृत्वलाई प्रतिवेदन सार्वजनिक नगर्न दबाब दिँदै आएको छ।
बालमन्दिर प्रकरण : सम्बन्धित समाचार
सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता
बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा
२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका
बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग
बाल संगठनको घरजग्गामा आँखा : नमूना नगर भक्तपुरमा बालगृहलाई नै ‘बारबन्देज’
बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’
बाल संगठनबाटै बालक 'बेपत्ता' प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा
बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज
बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार
बाल संगठनको जग्गा हडप्न गरिएको सम्झौतालाई सरकारकै टेको!
बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार– बृहस्पतिलाई जग्गा दिने सम्झौता खारेज गरिदेऊ
बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्याएको आयोग प्रतिवेदन
बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए
‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
