AnonymousUser

Logout

विश्व बैंकद्वारा नेपालका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत

विश्व बैंकले नेपालमा एक लाखभन्दा बढी साना तथा मझौला उद्योगको वित्तीय पहुँच विस्तार र समावेशी आर्थिक वृद्धिका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयोग स्वीकृत गरेको छ।

अमेरिकी सरकारी कामकाजको गतिरोध अन्त्य गर्न कंग्रेसमा मतदानको तयारी

अमेरिकी कंग्रेसले संघीय सरकारको कामकाज ठप्प हुनबाट जोगाउन र बजेटसम्बन्धी गतिरोध अन्त्य गर्न मंगलबार खर्च विधेयकमाथि मतदान गर्ने तयारी गरेको छ।

‘ट्राफिक आइल्यान्ड’ बनिरहेको टुँडिखेल, सभा र समारोहले बिथोलिन्छ सडक

काठमाडौँमा हरेक दिन गुड्नेमध्ये ६० प्रतिशत सार्वजनिक सवारी साधन टुँडिखेल वरिपरि हुँदै गन्तव्यमा पुग्छन्, तर त्यही क्षेत्रमा धेरै ट्राफिक जाम हुँदा सर्वसाधारणले हैरानी बेहोर्नुपर्छ।

युक्रेनका विभिन्न शहरमा पुनः रुसी आक्रमण

रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ। वासिंटनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि वार्ता सफल हुन सकेको छैन।

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गरिएको हो। उनले माछापुच्छ्रे र तत्कालीन सनराइज बैंकको सीईओ भएर काम गरिसकेका छन्।

निपाह भाइरसको संक्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलंगा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ।

तोलामा ३ हजार ७०० रुपैयाँले बढ्यो सुन

नेपाली बजारमा एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड नेपालका नेगीलाई

नेपाललाई पारालिम्पिक र एशियन युथ पारा गेम्समा दिलाएको पदकको कदर गर्दै नेगीलाई उक्त अवार्ड प्रदान गरिएको विश्व तेक्वान्दो महासंघले जनाएको छ।

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो ४ करोड

बागलुङको सिगाना गाउँमा २५० भन्दा बढी किसानको सानोदेखि ठूलो सुन्तला बगैँचा छ। गाउँका साबिक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ।

निपाह भाइरसबारे बोल्यो स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म निपाह भाइरसका घटना पुष्टि नभएको तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा हिमपातको सम्भावना छ।

यी हुन् ‘कालोसूची’मा भेटिएपछि समानुपातिकको बन्दसूचीबाट नाम हटाइएका उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा परेका २१ जनासहित ७६ उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै उनीहरूको नाम हटाएको छ।

पुसको मुद्रास्फीति २.४२ प्रतिशत, १ खर्ब ९२ अर्ब रेमिट्यान्स भित्रियो

राष्ट्र बैंकको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' प्रतिवेदनअनुसार विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशत र रेमिट्यान्स ३९.१ प्रतिशतले बढ्दा देशको बाह्य आर्थिक क्षेत्र सबल देखिएको छ।

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ ७६ उम्मेदवार अयोग्य ठहर, बन्दसूचीबाट हटाइयो नाम

प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलले पेश गरेको समानुपातिकतर्फका ७६ जना उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको छ।

ग्यास अभाव टार्न आयल निगमले बढायो आयातको परिमाण

नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यासको अभाव टार्न फेब्रुअरी महिनाका लागि थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरेको छ।

भ्रष्टाचार मुद्दामा शेख हसिनालाई थप १० वर्ष जेल सजाय

बांग्लादेशको एक अदालतले सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री शेख हसिनालाई १० वर्ष र उनकी भतिजी एवं बेलायती सांसद ट्युलिप सिद्दिकलाई ४ वर्षको जेल सजाय सुनाएको छ।

झापामा ‘कसलाई भोट हाल्नुहुन्छ?’ भनी प्रश्न सोधे कारबाही

जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालको प्रयोग गरी निर्वाचनको गोपनीयता भंग हुने गरी मतदातालाई प्रश्न सोध्ने अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, मालपोतका कर्मचारीसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियारले महोत्तरीको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय जलेश्वरका कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

थप ९ जनासँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार थप नौ जनासँग जवाफ मागेको छ।

नेप्से परिसूचकमा झिनो अंकको सुधार, ८ अर्ब २२ करोडको शेयर कारोबार

सोमबार नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ भने कारोबार रकम ८ अर्ब २२ करोड नाघेको छ।