निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ।
आयोगका अनुसार विभिन्न ६३ राजनीतिक दलका तर्फबाट ५७ वटा निर्वाचन चिह्नमा कायम रहेका कुल ३ हजार १३५ उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिइएको हो। प्रकाशित बन्दसूचीमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आयोगले अन्तिम बन्दसूची प्रकाशन गर्नुअघि राजनीतिक दलहरूले पेस गरेका नामहरूको सूक्ष्म छानबिन गरी योग्यता नपुगेका ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको थियो। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रचलित कानुन, राजनीतिक दलबाट प्राप्त जानकारी र उम्मेदवारको योग्यतासम्बन्धी मापदण्डका आधारमा ती व्यक्तिहरू अयोग्य ठहरिएका हुन्।
नाम हटाइएकामध्ये सबैभन्दा धेरै २५ जना प्रदेशसभा निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत नाम भएका व्यक्तिहरू छन्। यस्तै, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनालाई पनि सूचीबाट निकालिएको छ। आयोगले तोकेको जरिबाना भुक्तान नगरेका १० जना र सम्बन्धित राजनीतिक दल आफैँले नाम हटाउन सिफारिस गरेका १० जनाको नाम पनि बन्दसूचीबाट हटाइएको छ।
अन्य अयोग्य उम्मेदवारहरूमा न्यूनतम २५ वर्ष उमेर पूरा नभएका चार जना, मतदाता नामावलीमा नाम नभएका एक जना र पिछडिएको क्षेत्रको योग्यता नपुगेका दुई जना रहेका छन्। आयोगले महिला उम्मेदवार हुनुपर्ने 'क्लस्टर' मा पुरुषको नाम पेस भएका एक जना र एकभन्दा बढी अयोग्यता देखिएका दुई जनाको नामसमेत हटाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
