खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै भारतको मेघालयस्थित कोइलाखानीमा जाने गरेका छन्।
कोशीका पहाडी र हिमाली तथा गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ।
बैतडीको पुर्चौँडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबाट हुने अमर्यादित भाषाको प्रयोग र मतदाताको गोपनीयता हनन हुने गरी भइरहेका डिजिटल गतिविधि रोक्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।
आगामी फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फका ७२ लाखभन्दा बढी मतपत्र छपाइ सकिएसँगै निर्वाचन आयोगले २५ जिल्लाका लागि सामग्री प्याकिङको काम टुंग्याएको छ।
बालिकालाई ठक्कर दिने गाडी रौतहट–२ बाट रास्वपाका उम्मेदवार सगिर आलमको चुनावी प्रचारमा प्रयोग भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आईसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
अमेरिका र रुसबीचको अन्तिम सुरक्षा सन्धि 'न्यु स्टार्ट' बिहीबारदेखि निष्क्रिय भएसँगै विश्व पुनः अनियन्त्रित आणविक हतियार दौडको जोखिममा पुगेको भन्दै जापानी बमपीडितहरूले चिन्ता व्यक्त गरेका छन्।
लगातार दुई दिन घटेको नेप्से परिसूचक बिहीबार २७ अङ्कले बढेर बन्द भएको छ भने कारोबार रकम पनि वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ माथि पुगेको छ।
संखुवासभाको मकालु गाउँपालिका–५ मुढेमा गुडिरहेको ट्याक्टरबाट खस्दा टायरले किचेर उत्तर–दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर मृत्यु भएको छ।
मधेशमा २०४८ सालको आमनिर्वाचनदेखि उठिरहेका मुद्दा तीन दशकपछि पनि यथावत छन्। बेरोजगारी, गरिबी, अशिक्षाजस्ता सवाल छाडेर उम्मेदवारहरू एक–अर्काका व्यक्तिगत विषयमा केन्द्रित भएका छन्।
अफगान आप्रवासीहरू घरफिर्तीको गति बढ्दै जाँदा, आप्रवासी अधिकारकर्मीले दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
पञ्चायतदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगले लाखौँ रुपैयाँ मूल्य बराबरका सामग्री उत्पादन गर्दै आएका थिए।
बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९८० रुपैयाँ कायम भएको छ।
७२ किलोमिटर लामो सिद्धिचरण राजमार्ग सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने ‘लाइफलाइन’ हो। यही लाइफलाइन अहिले जीर्ण हुँदा मृत्युरेखा जस्तै बनेको छ।
तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहने विभागले जनाएको छ।
योजना आयोगबाट बहुवर्षीय आयोजनाका लागि स्रोत सहमतिको सिफारिस भई आएमा अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि माघ मसान्तभित्र सहमति दिन सक्नेछ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले कार्यविधि ल्याइएको निर्वाचन आयोगले जनाएको छ।
स्वास्थ्य बीमा बन्द हुने अवस्था किन आयो, यो समस्या समाधान कसरी गर्न सकिन्छ र सरकारले तत्काल के गर्न सक्छ भन्ने बारे छलफल गर्न प्रधानमन्त्री कार्की आफैले बैठक डाकेकी हुन्।
यस समझदारीले टिकटकमा भ्रामक सूचना नियन्त्रण गर्नुका साथै आधिकारिक र विश्वसनीय तथ्यहरू मात्र प्रयोगकर्तालाई उपलब्ध गराउन सहयोग पुग्ने आयोगले जनाएको छ।