AnonymousUser

Logout

कैलाली कारागारमा आन्तरिक मतभेदका कारण झडप: छानबिन समिति

घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यकता देखिएको समितिले जनाएको छ।

उत्तर कोरियालाई हतियार पठाएको आरोपमा अमेरिकामा चिनियाँ नागरिकलाई ८ वर्ष जेल सजाय

ती चिनियाँ नागरिकले क्यालिफोर्नियाबाट हतियार र सैन्य उपकरणहरू पठाउन उत्तर कोरियाली अधिकारीहरूबाट लगभग २० लाख डलर प्राप्त गरेका थिए।

बजेट अपुग भएपछि किसानलाई ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम स्थगित

मधेश प्रदेश सरकारले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ।

साफ महिला च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित भएको हो।

अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, करोडसम्म गुमेपछि बल्ल उजुरी

सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

२०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकमाथि गत साउन ८ गते सामान्य छलफल भएको थियो।

नेप्से परिसूचक ९.७० अंकले घट्यो

बुधबार शेयरबजार ९.७० अंकले घटेर २,७६७.२० को विन्दुमा कायम भएको छ।

काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी

काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ।

नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ५ विकेट

बुधबार भएको आफ्नो पाँचाैं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

कुवेतस्थित नेपाली दूतावासले विषादीयुक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको र तीमध्ये 'केहीको ज्यान गएको' भन्दै अपुष्ट सूचना जारी गरेको थियो।

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७६ जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनाका मृतकमध्ये एक दर्जनभन्दा बढी बालबालिका रहेका छन्।

नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

आन्तरिक उडानमा सीमित पोखरा विमानस्थल [तस्वीरहरू]

तीन हजार ८९९ रोपनी जग्गामा बनेको विमानस्थलका लागि ४ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको छ।

काठमाडौँ–मन्थली सडक पहिरोले अवरुद्ध

सडक अवरुद्ध  भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका छन्।

अनौपचारिक क्षेत्रका मजदुर सधैँ जोखिममा, कानून लागू गराउन बेवास्ता

विभिन्न कार्यस्थलमा हुने दुर्घटनामा श्रमिकको ज्यान गएको समाचार आइरहन्छन्। यद्यपि, श्रमिकलाई सुरक्षित स्थल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ। तर सरकार र रोजगारदाताको बेवास्ता मृत्युको कारण बनिरहेछ।

क्यानडाको आर्थिक सूचकांकमा सुधार, मूल्य स्थिर

ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत रहेका वस्तुमा कर छुट कायम राखेको छ।

कर्णालीले स्थापना दिवस मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा

प्रदेश सरकारले बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा शहिद दिवस उत्सवका रूपमा मनाउने तयारी गरेको छ।

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ प्रयोगविहीन

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।