मुस्ताङको मुक्तिनाथ क्षेत्रमा मंगलबार दिउँसोदेखि सिजनकै चौथो पटक भारी हिमपात शुरू भएपछि जनजीवन प्रभावित हुनुका साथै सडक अवरुद्ध हुने जोखिम बढेको छ ।
मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा पुनः भारी हिमपात भएको छ। मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो।
मंगलबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए। मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको उनको भनाइ छ। यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते भएको थियो। योसँगै यस सिजनमा चौथो पटक हिउँ परेको काफ्लेले उल्लेख गरे।
यसअघि गत मंगलबार राति पनि मुस्ताङको मुक्तिक्षेत्र, कागबेनीदेखि माथिल्लो क्षेत्र र उच्च लेकमा भारी हिमपात भएको थियो।
मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै आसपासका डाँडाकाँडा र रानीपौवा बजार पूरै सेताम्मे भएको पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। केही घण्टा अघिदेखि निरन्तर हिउँ परिरहेको र रातभर परेमा सबै बस्ती हिउँले ढाकिने उनले बताए।
चौथो पटकको हिमपातसँगै मुक्तिनाथ मन्दिर हिउँले ढाकिएको छ। मन्दिर परिसर, कुण्ड, १०८ धारा र अन्य स्थानमा हिउँ थुप्रिन थालेको छ । रातभर हिउँ परेमा दुई फिटभन्दा बढी जम्मा हुने अनुमान गरिएको छ। हिमपात शुरू भएपछि दर्शनार्थीहरू समस्यामा पर्नसक्ने देखिएकाले हतारहतार जोमसोम झर्न थालेका छन्।
यसैगरी मुस्ताङको कागबेनीदेखि तल्लो क्षेत्रमा पर्ने घरपझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमा पनि आंशिक हिउँ परिरहेको शितोष्ण बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बूले जानकारी दिए। उनले विगत तीन वर्षदेखि तल्लो मुस्ताङका बस्तीमा हिमपात नभएको उल्लेख गर्दै यसपटक बाक्लो हिउँ पर्ने छनक देखिएको बताए।
माथिल्लो मुस्ताङको उच्च लेकमा आंशिक हिमपात भइरहे पनि बस्तीमा भने अझै हिउँ नपरेको एक्याप लोमान्थाङकी कर्मचारी सलिना नेपालीले बताइन्। उनका अनुसार उच्च लेकमा छिटफुट हिउँ परे पनि बस्तीमा भने तीव्र हावाहुरी चलिरहेको छ।
यसअघि गत मंगलबार राति भएको भारी हिमपातका कारण कागबेनी–मुक्तिनाथ र कोरला सडक अवरुद्ध भएको थियो। कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको डोजरले हिउँ पन्छाएर सडक सुचारु गरेको भए पनि पुनः हिमपात शुरू भएकाले सडक फेरि अवरुद्ध हुन सक्ने देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
