AnonymousUser

Logout

नागढुंगा–मलेखु सडक विस्तार: ३ वर्षमा ३७ प्रतिशत मात्र काम, ६ महिना म्याद थप

सम्झौता अवधि सकिँदा ३७ प्रतिशत मात्र भौतिक प्रगति भएपछि नागढुंगा–मलेखु सडक विस्तार आयोजनाको म्याद ६ महिना थप गरिएको छ।

सिन्धुलीको भिमानबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

सिन्धुली प्रहरीले भिमान चेकपोस्टमा नियमित जाँचका क्रममा ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको छ।

पाकिस्तानी सुरक्षा बलको आक्रमणमा ९२ आतंकवादीको मृत्यु

प्रभावित क्षेत्रमा सुरक्षा र सफाइ अपरेसन जारी राख्ने र आतंकवादी गतिविधिमा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइने सेनाले जनाएको छ।

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा ३४ पुल निर्माण

निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३  पुलबाट सवारीसाधन सञ्चालन भइसकेको नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ।

स्वास्थ्य बिमा भुक्तानी नपाउँदा पर्वत अस्पतालको सेवा प्रभावित

अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ। तर समयमा रकम भुक्तानी नदिँदा रकम बढ्दै गएको छ।

झापाको सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा चुनावी गतिविधि देखिन सकेको छैन।

उच्च पहाडी भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा आंशिक बादल लागेको छ।

डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।

मैत्रीपूर्ण फुटबल : युनानविरुद्ध नेपाली महिला यू–२० टोलीको जित

मैत्रीपूर्ण खेलमा नेपाली महिला यू–२० टोली चीनको युनान युवा टोलीमाथि ३–१ गोल अन्तरले विजयी भएको छ।

सुदूरपश्चिम प्रदेशमा प्रमुख दलबाट महिला उम्मेदवार न्यून

प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिममा कांग्रेस र एमालेले एक जना पनि महिलालाई उम्मेदवार नबनाई पुरुषलाई मात्र चुनावी मैदानमा उतारेका छन् भने अरू दलबाट पनि महिला उम्मेदवारको संख्या न्यून देखिएको छ।

मुकुम्मलुङ आन्दोलनका ६५ घाइते सम्मानित

मुकुम्मलुङ संरक्षण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ६५ जनालाई संघर्ष समितिले सम्मान गर्दै केबलकार निर्माणको निर्णय सच्याउन सरकारसँग माग गरेको छ।

लोमान्थाङसम्म सडक खुल्यो, कोरला नाकातर्फ हिउँ पन्छाइँदै

भारी हिमपातका कारण अवरुद्ध मुस्ताङको कागबेनी–कोरला सडक खण्डअन्तर्गत शनिबारसम्म लोमान्थाङसम्मको बाटो सञ्चालनमा ल्याइएको छ भने कोरला नाकातर्फको हिउँ पन्छाउने काम जारी रहेको छ।

घृणास्पद अभिव्यक्तिप्रति आयोगको निगरानी, ३०२ सूचनामाथि कारबाही

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोगले आचारसंहिता विपरीत मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति दिने ३०२ वटा सामग्रीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ।

युद्धविरामकै बीच गाजामा इजरायली आक्रमण, कम्तीमा २० प्यालेस्टिनीको मृत्यु

गाजामा युद्धविरामबीच इजरायलले गरेको पछिल्लो आक्रमणमा दुई परिवारका सदस्य र बालबालिकासहित कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ।

वीरगन्जबाट विद्युतीय सवारीको आयात बढ्यो, ६ महिनामा भित्रिए ४५६ गाडी

वीरगञ्ज नाका हुँदै इन्धन गाडीको आयात घट्दा विद्युतीय सवारीसाधनको आयातमा भने उल्लेख्य वृद्धि देखिएको छ।

जमुनाह नाकाबाट ६ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई आवतजावत खुला

कोरोना महामारीपछि करिब ६ वर्षदेखि बन्द रहेको जमुनाह नाका तेस्रो मुलुकका नागरिकका लागि पुनः सञ्चालनमा आएसँगै बाँके र बर्दियाको पर्यटन एवं आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ।

बाँदरको आतंकले किसान चिन्तित, समात्नेलाई एक हजार पुरस्कार

बाँदरको आतङ्कका कारण खेतीपाती नै छाड्नुपर्ने अवस्था आएपछि रामेछापको चिसापानीमा नियन्त्रण समिति गठन गरी बाँदर समात्नेलाई नगद पुरस्कारको घोषणा गरिएको छ।

नमूना मतपत्र सार्वजनिक, काठमाडौँको सबैभन्दा ठूलो

आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना सार्वजनिक गरेको छ।

कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

रुबाया क्षेत्रका फरकफरक कोल्टान खानीमा एकपछि अर्को गर्दै सुरुङ भत्किएका थिए। दुर्घटनामा परेकामध्ये अधिकांश जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुर रहेका छन्।

यस्तो बन्दैछ द्रुतमार्ग [तस्वीरहरू]

आयोजनाअन्तर्गत महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन्।