काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने गरेको छ।
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार आए पनि बिहान र बेलुका चिसो कायम रहने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विकल्पको साटो वार्ताको प्रस्ताव गरे पनि इरानी अधिकारीले आफ्नो क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता वार्ताको विषय बन्न नसक्ने स्पष्ट पारेका छन्।
तनहुँको शुक्लागण्डकीमा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र यौन श्रमिकलाई मतदानको अधिकार प्रयोग गर्न कानूनी तथा व्यावहारिक जटिलता देखिएको भन्दै सरोकारवालाले जो जहाँ छ त्यहीँबाट मत हाल्न पाउने सहज व्यवस्था गर्न माग गरेका छन्।
काठमाडौँको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
नेप्सेको पुनर्संरचनासम्बन्धी सुझाव समितिले संस्थाको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउन रणनीतिक साझेदार भित्र्याउने, सञ्चित मुनाफाबाट बोनस शेयर जारी गर्नेलगायतका विकल्पसहितको प्रतिवेदन तयार पारेको छ।
सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आफ्नै खेतमा काम गरिरहेका एक युवकको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
जेन–जी आन्दोलनमा काठमाडौँ उपत्यकामा खण्डहर बनेका प्रहरीका ९० प्रतिशत भवन पुनर्निर्माण भइसक्दा संघीय सरकारको आर्थिक दायित्व शून्य छ। स्थानीयको सक्रियताले भवन ठडिँदा प्रहरीको मनोबल पनि थपिएको छ।
२०७५ पुसभित्र बनिसक्नुपर्ने जनकपुर–सिरहा खण्डको हुलाकी सडक आठ पटक म्याद थपिँदा पनि अझै पूरा हुन सकेको छैन, जसका कारण स्थानीय बासिन्दा धुलाम्मे सडकमा सकसपूर्ण यात्रा गर्न बाध्य छन्।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको ४६ प्रतिशत खर्च गरे पनि पुँजीगत खर्च भने ११.६६ प्रतिशतमा सीमित भएको छ। खर्चको ग्राफ बढिरहँदा राजस्व संकलनमा पनि ठूलो चाप देखिएको छ।
गहिरो ऊर्जा र आर्थिक संकटमा परेको क्युबा मेक्सिको, रुस र भेनेजुएला जस्ता सहयोगी राष्ट्रबाट आउने तेल आपूर्तिमा निर्भर रहँदै आएको छ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ थियो।
विकासको नाममा डोजरले जथाभाबी पहाड खनेर मौलिक गोरेटो र घोडेटोहरू मासिएपछि अहिले गाउँ–गाउँमा खेतबारी जाने बाटोलाई समेत पदमार्गको नयाँ ‘ट्याग’ भिराएर बजेट सिध्याउने होडबाजी चलेको छ।
अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले टिप्न थालेका हुन्। अहिले उनीहरू किलोको १६० रुपैयाँले सुन्तला बेचिरहेका छन्।
अपराह्न कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भेगमा हुस्सु लाग्नेछ।
मूल्य स्थिरता कायम गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूललगायत खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाले गर्दा मूल्यमा उतारचढाव भएको प्रतिवेदनमा जनाइएको छ।
तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा २०१२ सालदेखि प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो।
विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिँदै गर्दा बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ललाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।