पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकोको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
