मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।
स्वास्थ्य सेवा विभागका अनुसार सन् २०२५ मा नेपालमा जापानिज इन्सेफलाइटिस्बाट हालसम्म ११ जनाको मृत्यु भएको छ र ६३ जना संक्रमित भएका छन्।
सांसदले पुँजी बढाउनुपर्ने र अर्थमन्त्रीले बढाउन नसकिने अडान लिएपछि अर्थ समितिले 'मध्यमार्गी बाटो' अपनाउँदै विधेयकमा प्रस्तावित पुँजी संरचनालाई कायमै राख्ने र भविष्यमा पुँजी बढाउन सक्ने अधिकार मन्त्रिपरिषद्लाई दिने गरी प्रतिवेदन तयार पारेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्।
विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखा परीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको छ।
नगरपालिका आफैँले लाखौँ रुपैयाँको लगानीमा निर्माण गरी सञ्चालन गरेको अस्पताल बन्द भएपछि नगरवासीले नगरपालिका नेतृत्वको आलोचना गरेका छन्।
फलोअप
प्राडा कृष्णप्रसादको ठाउँमा अर्का कृष्णप्रसादलाई भाषा आयोग सदस्यको नियुक्ति दिन मन्त्री–कर्मचारीले मन्त्रिपरिषद्को निर्णयमै छेडखानी गरेका थिए। कसरी भएको थियो नियुक्ति, को–को थिए संलग्न?
सर्वोच्च अदालतले बालिका तथा किशोरीहरू शोषणको जोखिममा पर्न सक्ने भन्दै मुद्दाको टुंगो नलागेसम्म नेपालभर महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजना रहेको बताएका छन्।
माओवादी केन्द्रले उपसभामुखलाई पदबाट हटाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गर्ने जनाएको छ, तर एमाले सांसद योगेश भट्टराईले भने कांग्रेस र एमालेले एकैदिन हस्ताक्षर संकलन गर्नु ‘संयोग’ मात्र भएको दाबी गरेका छन्।
यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले मंगलबार आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले हराउँदै जित हात पारेको हो।
सरदार भीमबहादुर पाँडे काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तति हुन्। पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत हुन्।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो।
नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि शुरू भई राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमा पुगेपछि १० किलोमिटर दूरी पूरा हुन्छ।
दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मिश्रीले उपरखुट्टी लगाएर बसेको तस्वीर बाहिरिएपछि सामाजिक सञ्जाल तरंगित बन्यो। भेटघाटका अजेन्डाभन्दा पनि सो तस्वीर नै चर्चा र टीकाटिप्पणीको केन्द्रमा रह्यो।
करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको छ।