यसअघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यावहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित बनाइने जनाएको छ।
एक्सप्लेनर
सरकारले असहयोग गरेको भन्दै माघ ४ गते स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिए। यसरी राजीनामा दिने उनी पहिलो कार्यकारी निर्देशक होइनन्। के हो स्वास्थ्य बीमाको समस्या?
क्यानसँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिंकले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो।
आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूहको परिसूचक घटेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताएका छन्।
विश्व क्यान्सर दिवसको सन्दर्भमा चिकित्सकहरूले समयमै स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली अपनाउन, धुमपान र मद्यपान त्याग्न र व्यापक जनचेतनामा जोड दिन आग्रह गरेका छन्।
गिरीबन्धुको ५१ बिघा जमिनको खरिदबिक्री रोक्का हुँदा २०६० सालदेखि बसोबास गर्दै आएका स्थानीय समस्यामा छन्। जमिन तत्काल फुकुवा गर्नुपर्ने मागसहित उनीहरूले यस क्षेत्रलाई ‘निर्वाचन गतिविधि निषेधित क्षेत्र’ घोषणा गरेका छन्।
दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएको छ। उनी तालिम सकेर घर फर्किदै थिए।
दुर्घटनामा कारका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका हुन्।
पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकको मद्दतले नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले पराजित गरेको छ।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा मंगलबार दिउँसोदेखि सिजनकै चौथो पटक भारी हिमपात शुरू भएपछि जनजीवन प्रभावित हुनुका साथै सडक अवरुद्ध हुने जोखिम बढेको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र जापानी प्रधानमन्त्री तकाइची सानाइबीच टोकियोमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र फागुन २१ को निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने विषयमा छलफल भएको छ।
मृतकका परिवारलाई जनही करिब साढे २७ लाख रूपैयाँ दिएर बाँकी क्षतिपूर्तिको दायित्वबाट पन्छिन खोजेको यूएस–बांग्ला एअरलाइन्सले अदालतको फैसलापछि ४२ करोड रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा प्रादेशिक अस्पतालको ३८ लाख ७७ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने, नयाँ संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदको सालिक राख्न गुरुयोजना संशोधन गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र संगठनको अवस्था बुझ्न सातै प्रदेशमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादित विचारधारा फैलाएको लगायतका आरोप लगाउँदै हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गरेका छन्।
नेप्से परिसूचक मंगलबार १२.५८ अंकले घटेर २,६८३.१५ बिन्दुमा कायम हुँदा आठ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।