जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयलाई मानव अधिकारवादीहरूले सरकारको राजनीतिक कमजोरी र अत्यधिक बल प्रयोगको घटना भनेका छन्।
सडकमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। कर्फ्यु जारी भएपछि काठमाडौँ प्रशासनले अरू जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ।
विजय अधिकारी सामाजिक सञ्जालमा बालेन शाहलाई पछ्याउँथे। बालेनकै पोस्ट देखेर आन्दोलनमा गएका उनी घाइते भएर ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भन्छन्– नेपालमा रोजगारी पाइँदैन, जाने त जापान नै हो।
सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शन भइरहेका छन्।
केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन्।
गोली लागेर प्रदर्शनमा सहभागी मात्र नभएर बाटो हिँड्दै गरेका पनि घाइते भएका छन्। उनीहरूमध्ये कतिपयको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
सूचिकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ।
काठमाडौँ प्रशासनले चक्रपथ भित्रका सम्पूर्ण भूभागमा कर्फ्यु जारी गरेको भए पनि युवाहरू भेला भइरहेका हुन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्रका सबै भूभागमा बिहान ८:३० बजेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश गरिएको छ।
मन्त्रीहरूको निवास रहेको भैँसेपाटी, नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको सानेपा र नेकपा एमालेको पार्टी कार्यालय रहेको च्यासल क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको छ।
दिउँसो कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन्।
जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु र अरू धेरै जना घाइते हुने गरी प्रहरीले गोली चलाएको बानेश्वर क्षेत्रमा दिनभर बस्दा देखियो– प्रहरीको भूमिका अस्वाभाविक थियो।
'जेनजी' आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ।
नेपाल र बांग्लादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।
पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सोमबार काठमाडौँमा भएको घटनाको मुख्य कारण ‘विवेकी राजनेता’ र ‘उत्तरदायी राज्य सञ्चालन प्रणाली’को अभाव भएको बताएका छन्।
ललितपुरमा एमाले र कांग्रेसका पार्टी कार्यालय रहेका क्षेत्र, भैँसेपाटीस्थित नयाँ मन्त्रीनिवास र न्यायाधीशहरूको निवास रहेको पुल्चोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।