नेपालले तेस्रो टी२० विश्वकप खेलिरहँदा १२ वर्षयता कुनै पनि खेल जितेको छैन। अहिलेसम्म विश्वकपमा १० खेल खेल्दा दुईमा जित, सातमा पराजित र एउटा खेल रद्द भएको छ।
नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर आठमा पुगेको हो।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले ८ विकेट गुमाउँदै वेस्टइन्डिज सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने २२ वर्षीय पुनमदेवी साह छन्।
नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा अरमान अलीको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको एउटै परिकार बिक्री गरेर ब्रान्ड बनाउन सफल भएका छन्।
कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७९ वटै स्थानीय तहलाई लक्षित गर्दै समपूरक र विशेष अनुदानका योजना प्रस्ताव चैत १ गतेभित्र पेश गर्न आह्वान गरेको छ।
महाशिवरात्रिमा पशुपति दर्शनलाई सहज बनाउन ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने भक्तजनको आवतजावत सहज बनाउन विशेष ट्राफिक र पार्किङ योजना लागू गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट देशका सबैजसो विद्युत्गृह क्षतिग्रस्त भएको र लाखौँ नागरिक चिसोका कारण पीडामा रहेको बताउँदै पश्चिमा मुलुकसँग थप सैन्य सहयोगको अपिल गरेका छन्।
पाल्पा र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी शनिबार दुई मोटरसाइकल चालक, एक वृद्धसहित चार जनाको मृत्यु भएको छ।
हरेक शनिबार हाँडीगाउँ र टोखामा हुने सडक नेवाः खाजा महोत्सवले स्थानीय महिलामा उद्यमशीलताको नयाँ बाटोसँगै नयाँ परिचय मात्र दिएको छैन, आर्थिक स्वतन्त्रतामा पनि टेवा पुर्याएको छ।
सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा कटौती गरेको छ।
काठमाडौँ उपत्यका वरपरका जिल्लाहरूको मात्र मतपत्र छाप्न बाँकी रहेको र उक्त कार्य आगामी दुई दिनभित्रै सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ।
क्यारेबियन सागरमा अमेरिकी सेनाले लागुऔषध तस्करको शंकास्पद डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ।
नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा २५ प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानूनी प्रावधान छ। तर यसको व्यावहारिक कार्यान्वयन नहुँदा मोदीखोला संकटमा परेको हो।
यसै महिनाभित्र इन्धनसहितको पूर्ण पूर्वाभ्यास सञ्चालन गर्ने तयारी रहेको र मार्च महिनालाई सम्भावित प्रक्षेपण विन्डोका रूपमा हेरिएको नासाले जनाएको छ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो।
गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको हो।
कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
सर्वोच्च अदालतले वैदेशिक लगानीकर्ता ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई पुँजीगत लाभकरमा छुट दिने आन्तरिक राजस्व विभागको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।