AnonymousUser

Logout

पहाडी र हिमाली भूभागमा हल्का वर्षाको सम्भावना

तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

साङ्ता गाउँमा ३९ जना मतदाता छन्। यहाँको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ।

काठमाडौँसहितका जिल्लामा असिनापानी, संखुवासभामा सबैभन्दा बढी वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौँसहितका जिल्लामा असिनापानी परेको छ भने पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३६.८ मिमि वर्षा संखुवासभामा मापन गरिएको छ।

हेटौँडाका यातायात अधिकृत र बिचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय हेटौँडाका अधिकृत अमृत भेटुवाल र बिचौलिया खगेन्द्र पौडेललाई घुसको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा: क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सूचना प्रविधि र पर्यटन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको दायरामा ल्याउँदै चालु पुँजी कर्जा र विदेशी लगानी सहजीकरणमा नयाँ व्यवस्था गरेको छ।

अन्य दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू: आयोग

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा अवरोध पुर्‍याउनेलाई २ लाख रुपैयाँ जरिबाना वा ३ वर्षसम्म कैद हुन सक्ने कानूनी प्रावधान स्मरण गराउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ।

निर्वाचन सुरक्षा: चारवटै निकायमा ‘जगेडा बल’ बढाउने निर्णय

केन्द्रीय सुरक्षा समितिले प्रतिनिधिसभा निर्वाचनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी ‘जगेडा बल' बढाउने निर्णय गरेको छ।

आक्रामक मतदाता, रक्षात्मक उम्मेदवार

विगतका निर्वाचनमा जनताका घरदैलो पुगेर होस् वा आमसभामार्फत, उम्मेदवार आफ्ना भनाइ सुनाउँथे र भोट माग्थे। अहिले अवस्था फेरिँदा मतदाता उम्मेदवारका आश्वासन मात्र सुन्न तयार छैनन्, बरु प्रश्न गरिरहेका छन्।

लागुऔषध तस्कर मारिएपछि मेक्सिको अशान्त, विश्वकप पर्यटनमा चिन्ता

मेक्सिकोको जलिस्कोमा लागुऔषध गिरोहका नेताविरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले सन् २०२६ को विश्वकप पर्यटन र सुरक्षामा चुनौती थपेको छ।

निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पश्चिमी न्यूनचापीय रेखाको प्रभावले हल्का वर्षा र हिमपात

पश्चिमी न्यूनचापीय रेखाको प्रभावले आज देशका विभिन्न पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेप्से परिसूचकमा २१ अंकको सुधार, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेर २,६३८.६० को बिन्दुमा पुगे पनि कारोबार रकम भने चार अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ।

अमेरिकामा नयाँ कर लागू, आयातित वस्तुमा १० प्रतिशत महसुल

सर्वोच्च अदालतले पुरानो कर प्रणाली खारेज गरेपछि राष्ट्रपति ट्रम्पले आयातित वस्तुमा १० प्रतिशत नयाँ कर लागू गर्दै १५ प्रतिशतसम्म पुर्‍याउने योजना सार्वजनिक गरेका छन्।

मन्थलीमा १२ दिनदेखि अरनिको यातायातको सेवा अवरुद्ध

रामेछापको मन्थलीमा बस दुर्घटनापछि अरनिको यातायातले १२ दिनदेखि सेवा ठप्प पार्दा निर्वाचनको मुखमा सर्वसाधारणले महँगो भाडा र सास्ती खेप्नुपरेको छ।

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

पूर्वराजबन्दी राईलाई १ लाख १५ हजार रुपैयाँ प्रदान

३१ वर्ष १० महिना थुनामा बसेका राई २०२४ जुलाई ५ मा रिहाइ भएका थिए। त्यसपछि पनि भुटानमा बस्न नदिएपछि परिवार र नातागोता खोज्दै बेलडाँगी शरणार्थी शिविर आइपुगेका थिए।

मकवानपुरको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

फापरबारीबाट हात्तीसुडेतर्फ गइरहेको मोटरसाइकल सोमबार राति नालामा खस्दा मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको छ।

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

राँचीबाट दिल्ली गइरहेको जहाज सोमबार साँझ झारखण्डको चत्रा जिल्लाको सिमरिया नजिकै दुर्घटना भएको थियो।

निर्वाचन आचारसंहिता पालनामा गम्भीर बन्न आयोगको आग्रह

पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो।

यस्तो रहनेछ मंगलबारको मौसम

तराईका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।