AnonymousUser

Logout

सुन्तलाले दोब्बर मूल्य पाएपछि बाँसखर्कका किसान उत्साहित

अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले टिप्न थालेका हुन्। अहिले उनीहरू किलोको १६० रुपैयाँले सुन्तला बेचिरहेका छन्।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

अपराह्न कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भेगमा हुस्सु लाग्नेछ।

मूल्य विश्लेषण प्रतिवेदन: खाद्य वस्तुको मूल्यमा उतारचढाव

मूल्य स्थिरता कायम गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूललगायत खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाले गर्दा मूल्यमा उतारचढाव भएको प्रतिवेदनमा जनाइएको छ।

विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदै

तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा २०१२ सालदेखि प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

डेढ लाख घुससहित बारबर्दियाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिँदै गर्दा बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ललाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

प्रदर्शनकारीमाथि दमनको आरोपमा १५ इरानी अधिकारीमाथि ईयूको प्रतिबन्ध

युरोपेली संघले इरानमा भइरहेको प्रदर्शनमा दमन गरेको आरोपमा १५ शीर्ष अधिकारी र ६ संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

प्रहरीको रासन भत्ता वृद्धि गर्ने सरकारको निर्णय, राष्ट्रपतिको जापान भ्रमण स्वीकृत

मन्त्रिपरिषद्ले फागुन १ गतेदेखि लागू हुने गरी प्रहरीको रासन स्केल बढाउने, राष्ट्रपतिको जापान भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ।

स्थलगत

‘बोझ’ले खसिरहेका पाठेघर, त्यसमै हारिरहेका आमाहरू

बाजुराका बिकट गाउँमा पाठेघर खसेर पनि अर्को बच्चा जन्माउन कस्सिएका महिलाको कथाव्यथाले नेपाली महिलाको प्रजनन स्वास्थ्य अवस्थासँगै समाजको मनोविज्ञान, राज्यको प्रणालीगत अस्तव्यस्ततादेखि अरू कैयौँ अक्षमता उदांगो पारेको छ।

जेनजी आन्दोलनमा हिरासतबाट भागेर लुटपाटको गिरोह निर्माण, १० जना पक्राउ

प्रहरी हिरासतबाट फरार भएका व्यक्तिको नेतृत्वमा जेन–जी आन्दोलनपछि संगठित भएको १० जनाको लुटपाट गिरोहलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ।

राप्ती स्वास्थ्य प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले राप्ती स्वास्थ्य प्रतिष्ठानमा सिटी स्क्यान मेसिन किन्दा सात करोड ३१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन उपकुलपति प्राडा. संगिता सिंह भण्डारीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ मा बोलाउन सिफारिस

कोशी प्रदेश सरकारले माघ २५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्दै प्रदेश योजना आयोग गठन र जनता आवास कार्यविधि स्वीकृत लगायतका निर्णय गरेको छ।

मधेशमा आधाभन्दा बढी मतदानस्थल अतिसंवेदनशील

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन्।

बेलायत र चीनबीच सम्बन्ध सुदृढ गर्ने सहमति

बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो।

सुरौदी खोला कटान: वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

कटान नियन्त्रणका लागि ठाउँठाउँमा तटबन्ध निर्माण गर्न सकिएमा सुरौदी फाँट कृषि उत्पादनको उपयुक्त भूमिमा परिणत हुने स्थानीयको भनाइ छ।

हिमपातपछि मुक्तिनाथ सुनसान, कागबेनीमै रोकिए पर्यटक

जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन सडकमा हिउँ जमेका कारण बीचमै रोकिएका छन्।

सरकारकै निर्णय उल्ट्याउँदै खरेलले यसरी बनाएका थिए भण्डारीलाई गोरखापत्रको अध्यक्ष

तत्कालीन सञ्चारमन्त्री जगदीश खरेलले जाँदाजाँदै गोरखापत्र संस्थानमा विवाद रोपिदिएका छन्। अध्यक्षमा अखण्ड भण्डारीको नियुक्तिपछि कार्यकक्षअगाडि ‘कार्यकारी’ शब्द हटाइए पनि नियुक्तिपत्रको पेटबोलीमा सो शब्द थपिएको छ।

एकैदिन तोलामा २० हजार ८०० रुपैयाँले बढ्यो सुन

छापावाल सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ र त्यति नै चाँदी ७ हजार ५०५ रुपैयाँ कायम भएको छ।

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। बर्खायाममा त्यही पुलसमेत बाढीले बगाउँदा झन् समस्या हुने गरेको थियो।

हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

एआई र दक्षतालाई बढावा दिँदै अमेजनले १६ हजार रोजगारी कटाैती गर्ने

यो कटौती कम्पनीको व्यापक पुनर्संरचना योजनाको हिस्सा हो, जसमा अक्टोबरदेखि नै करिब ३० हजार रोजगारी कटौती गर्ने योजना थियो।