AnonymousUser

Logout

इजरायलद्वारा इरानको राजधानीमै आक्रमण

इजरायली रक्षामन्त्री इजरायल काट्जले यस आक्रमणको उद्देश्य इजरायल राज्य विरुद्धको खतरा हटाउनु रहेको बताएका छन्।

सात महिनामा बिमा कम्पनीद्वारा झन्डै ४१ अर्ब दाबी भुक्तानी

बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।

निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द

निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ।

हालैका वार्तापछि इरानसँग झन् रुष्ट बने ट्रम्प

धेरै देशहरूले इरानमाथि सम्भावित अमेरिकी आक्रमणको बारे यस क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेका थिए।

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन

यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको छ।

आज यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

कस्तो रहला निर्वाचनका दिन मौसम?

आगामी निर्वाचनको समयमा देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नपर्ने र तराईमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

इरानबाट ‘जतिसक्दो छिट्टै’ बाहिरिन आफ्ना नागरिकलाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि इरानको यात्रा नगर्न भनेको छ।

जनकपुर–जयनगर रेल तीन दिन बन्द हुने

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर रेल सेवा फागुन १९ देखि २१ गतेसम्म तीन दिन पूर्ण रूपमा बन्द रहने भएको छ।

लुम्बिनीमा परे सबैभन्दा धेरै निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी

निर्वाचन आचारसंहिता उल्लंघनका एक हजार ७६ उजुरीमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

नेताहरूका काँधमा धानिनसक्नु मालाको भार

नेपाली समाजमा फूल र मालालाई शुभ, खुशी, सौन्दर्य र उल्लासको प्रतीक मानिन्छ। तर निर्वाचनमा उम्मेदवार मात्र बनेकाहरूले पनि आफैले धान्न नसक्ने गरी माला लगाउने विकृतिलाई निरन्तरता दिइरहेका छन्।

सार्वजनिक ऋण साढे २८ खर्ब नाघ्यो, जीडीपीको ४६.८१ प्रतिशत पुग्यो

हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १५ खर्ब नौ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार र दलमाथि आयोगको कारबाही

आयोगले फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू हुने र सो समयमा आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका ३ हजार ४०६ मध्ये हालसम्म १ हजार ६७० उम्मेदवार र ६५ मध्ये जम्मा ११ राजनीतिक दलले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

दमक औद्योगिक क्षेत्र : प्रतिकठ्ठा १० लाख पर्ने जग्गाको मुआब्जा मूल्य बिघाको ८ लाख मात्रै

सिमाना जोडिएको उस्तै उर्बर जमिनमा एकातर्फ २ लाख रुपैयाँ र अर्कोतर्फ ८ लाख रुपैयाँ प्रतिबिघा मुआब्जा दिइएको छ। त्यहाँका मतदाताले ओलीसँग यसको जवाफ मागिरहेका छन्।

टिपर सफा गर्ने क्रममा प्रसारण लाइनमा छोइँदा चालकको मृत्यु

प्रहरीले जनाएअनुसार टिपरको पछाडिको भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारणलाइनमा छोएपछि करेन्ट लागेर टिपरमा आगलागी भएको हो।

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प

प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरूले जनाएका छन्।

अफगानिस्तान र पाकिस्तानबीच किन बढ्दैछ तनाव ?

अफगानिस्तानले पाकिस्तानतर्फ सीमापार आक्रमण गरेको केही घण्टापछि शुक्रबार बिहान पाकिस्तानले काबुल र दुई अन्य अफगान प्रान्तहरूमा हवाई आक्रमण गरेको छ।

आजको माैसम: कतै बादल कतै झरी

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यातायात कार्यालय नेपालगन्जका तत्कालीन प्रमुखसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले सवारी चालक अनुमतिपत्र परीक्षामा अनियमितता गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुखसहित ३३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।