AnonymousUser

Logout

रवीन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट बिदा लिएको घोषणा

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं १ बाट लगातार तेस्रोपटक पराजित भएसँगै उनले शनिबार दलीय राजनीति छाडेको घोषणा गरेका हुन्।

कर्णालीमा पुगेन रास्वपाको लहर

आयोगको पछिल्लो अद्यावधिक विवरणअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये २७ मा जितेर १११ क्षेत्रमा अग्रता बनाएको रास्वपाको लहर कर्णाली प्रदेशमा भने फैलिएको छैन।

सुदूरपश्चिम: बझाङमा एमालेको जित, बाँकी धेरै क्षेत्रमा रास्वपा अगाडि

सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३ र अछाममा २ तथा बाँकी जिल्लामा १/१ निर्वाचन क्षेत्र छन्। तराईं जिल्लाहरू कैलाली र कञ्चनपुरमा रास्वपाको ठूलो अग्रता छ।

निर्वाचन परिणाम: विजयी हुने अधिकांश ५० मुनिका, ७० पुगेका दुई जना

राष्ट्रिय स्वतन्त्र पार्टीले १८ सिट जितेकामा ७ उम्मेदवार ४० वर्षमुनिका रहेका छन् भने कांग्रेसबाट एक ३२ वर्षका छन्।

२४ निर्वाचन क्षेत्रको मत परिणाम आउँदा १८ मा रास्वपा विजयी

बिहान ७ बजेसम्म रास्वपाले १८ क्षेत्रमा जित हासिल गर्दा कांग्रेसले ४ तथा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले १/१ स्थानमा जित हात पारेका छन्।

पहाडी भेगका केही ठाउँमा वर्षाको सम्भावना

देशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम राखेका छन्।

दार्चुलामा कांग्रेसका धर्मानन्द जोशी ५३ मतले अगाडि

कांग्रेसका धर्मानन्द जोशी ३९२ मतसहित अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश सिंह ठगुन्नाले ३३९ मत पाएका छन्।

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर फराकिलो बनाउँदै रास्वपा उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना शुरू

जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमूना माविको भवनमा मतगणना भइरहेको छ। शुरूमा जिल्लाको व्यास गाउँपालिका-२ बाट मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाका जगत जोशीको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ३ को जारी मतगणनामा रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिएका छन्।

७ क्षेत्रको मत परिणाम: रास्वपा ४, कांग्रेस २ र नेकपाका १ उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक ७ क्षेत्रको मतपरिणाम अनुसार रास्वपाका चार, कांग्रेसका दुई र नेकपाका एक उम्मेदवार विजयी भएका छन्। जारी मतगणनामा रास्वपा १०८ स्थानमा अगाडि छ।

धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि

एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन्।

झापा–५ : केपी ओलीभन्दा बालेन्द्र शाह साढे १० हजार मतले अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ को जारी मत गणनामा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले एमालेका उम्मेदवार केपी शर्मा ओलीसँग १० हजार ५०० भन्दा बढीको मतान्तरसहित अग्रता कायम राखेका छन्।

म्याग्दी : ११ हजार २०१ मत गणनामा महावीर पुनलाई ५५०८ मत

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मत गणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।

संखुवासभाका ४ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

संखुवासभाका विकट चारवटा मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको छ।

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको छ।

प्रतिनिधिसभा निर्वाचन: रास्वपा दुई क्षेत्रमा विजयी, १०२ स्थानमा अग्रता

निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार ११, नेकपाका उम्मेदवार १० र कांग्रेसका उम्मेदवार ९ स्थानमा अग्रस्थानमा छन्।

ताप्लेजुङमा कांग्रेसको अग्रता, एमाले तेस्रो स्थानमा

ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिएका छन्।

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

पछिल्लो मत परिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ।