गोरखा–१ मा रास्वपाका सुधन गुरुङको शुरूआती अग्रता

गोरखा क्षेत्र नं. १ मा शुरूआती अग्रता लिएका रास्वपाका सुधन गुरुङलाई नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।

गोरखा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन्।

शुरूआती १९९ मतको गणना हुँदा उनीले ९० मत प्राप्त गरेका हुन्।उनलाई नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मतसहित पछ्याइरहेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले) का रामचन्द्र लामिछानेले ७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।