कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताका लागि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी बधाई दिएका छन्।
काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषणको मात्रा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर निस्कँदा सावधानी अपनाउन र अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता सोमबार राति १२ बजेदेखि निष्प्रभावी हुने निर्णय गरेको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ भने देशभर बदर मतको दर तीनदेखि चार प्रतिशत रहने निर्वाचन आयोगको अनुमान छ।
काठमाडौँको बाफलमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा स्कुटर सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोरखा क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन्।
इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् भने श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बू ९११ मतान्तरले पराजित भएका छन्।
सर्वोच्च अदालतले रास्वपाका किशोरी साहको उम्मेदवारी खारेजीविरुद्धको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशबारे छलफलका लागि आगामी फागुन २९ गते पेसी तोकेको छ।
बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताउँदै नयाँ नेताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा लक्षित कारबाहीको विरोध गर्ने जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि बाजुरामा पूर्वमन्त्रीसहित पाँच उम्मेदवारको जमानत जफत भएको छ।
काठमाडौँ महानगरपालिकाले पुतलीसडक–बागबजार खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण शुरू गर्दै सो सडकमा सवारी र पैदलयात्रीको आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
फलोअप
चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा उकालोको खुलासा र निरन्तर निगरानीपछि सरकारकै नाममा फिर्ता ल्याइए पनि वडाध्यक्ष थापाको स्वार्थ हाबी हुँदा गंगालाल अस्पताललाई दिने पहल अवरुद्ध छ।
शेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार बन्द भएको छ।
सोमबार खुलेको शेयर बजारमा नेप्से परिसूचक ५ प्रतिशत बढेपछि लगातार दोस्रो सर्किट लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८१ लाख ५४ हजार ६८८ मत गणना भएको छ।
निर्वाचन आयोगका अनुसार १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ।