प्रधानमन्त्री सुशीला कार्कीले यूएईका राष्ट्रपतिसँगको टेलिफोन संवादमार्फत मध्यपूर्वमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकी छन्।
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छन्।
संवादका क्रममा प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको कामना गर्दै शुभकामना व्यक्त गरिन्। प्रधानमन्त्रीले यूएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई लक्षित गरी भएका आक्रमणको निन्दा गर्दै यस विषम परिस्थितिमा नेपालका तर्फबाट ऐक्यबद्धता प्रकट गरिन्। साथै, उनले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिन्।
युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन्। साथै, नेपालले परिस्थिति चाँडै सामान्य अवस्थामा फर्कने अपेक्षा गरेको उनले जनाइन्।
प्रधानमन्त्री कार्कीले त्यहाँ कार्यरत र बसोबास गर्ने नेपाली नागरिकका साथै अन्य बासिन्दा तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गरेकोमा यूएई सरकारप्रति आभार व्यक्त गरिन्। उनले १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा एक नेपाली नागरिकले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिन्। साथै, ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको खबरले आफू चिन्तित भएको बताइन्।
संवादमा उनले नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको असर भोगिरहेको उल्लेख गरिन्। उनले विशेषगरी नेपाली नागरिकको सुरक्षाका साथै विश्वव्यापी इन्धन मूल्य वृद्धि, लगानीमा संकुचन र मुद्रास्फीतिका कारण परेको आर्थिक दबाबबारे चर्चा गरिन्। साथै, ट्रान्जिटमा रहेका यात्रुहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुग्ने विश्वास उनले व्यक्त गरिन्।
जवाफमा यूएईका राष्ट्रपतिले विषम परिस्थितिमा नेपालले देखाएको ऐक्यबद्धता र सहानुभूतिप्रति प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए। उनले १ मार्चको घटनामा नेपाली नागरिकको मृत्यु भएकोमा गहिरो दुःख र समवेदना प्रकट गरे। उनले नेपाल र यूएईबीचको सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपाली नागरिकको मिहिनेत र इमानदारीको उच्च प्रशंसा गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
