प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस हालसम्म ९ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने थप ९ स्थानमा उम्मेदवारहरूको अग्रता कायम रहेको छ।
काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस हालसम्म नौ निर्वाचन क्षेत्रमा विजयी भएको छ।
निर्वाचन आयोगको शनिबार ५:२० बजेसम्मको विवरणअनुसार, कांग्रेस कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विजयी भएको हो।
विजयी उम्मेदवारहरूमा तेह्रथुम–१ बाट सन्तोष सुब्बा (११,५६१ मत), मनाङ–१ बाट टेकबहादुर गुरुङ (२,४१५ मत), मुस्ताङ–१ बाट योगेश गौचन थकाली (३,३०७ मत), कपिलवस्तु-३ बाट अभिषेकप्रताप शाह (२३,५३५ मत), जाजरकोट–१ बाट खड्कवहादुर बुढा (२०,१४२ मत) रहेका छन्।
त्यस्तै, दैलेख–१ बाट वासना थापा (१२,३७२ मत), सुर्खेत-१ बाट विष्णुबहादुर खड्का (२६,८९७ मत), अछाम–१ बाट भरतकुमार स्वार (१०,७५९ मत) र डोटी–१ बाट भरतबहादुर खड्का (१४,८९७ मत) विजयी भएको आयोगले जनाएको छ।
९ क्षेत्रमा अग्रता
हाल कांग्रेसका उम्मेदवारहरू थप नौ निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्। अग्रता लिइरहेका उम्मेदवारहरूमा पाँचथर–१ बाट नरेन्द्रकुमार केरुङ (९,८४८), ओखलढुंगा–१ बाट कुमार लुइँटेल (८,२०९), रौतहट–२ बाट मो. फिरदोस आलम (१२,६८१) र रसुवा–१ बाट मोहन आचार्य (१०,६५६) रहेका छन्।
त्यसैगरी, नुवाकोट–१ बाट प्रकाशशरण महत (८,०१९), स्याङ्जा–२ बाट भागवतप्रकाश मल्ल (९,५१०) र पाल्पा–१ बाट सन्दीप राना (१५,६२९) ले अग्रता कायम राखेका छन्। साथै, हुम्ला–१ बाट जयपति रोकाया (५,७५७) र बाजुरा–१ बाट जनकराज गिरी (७,८५२) मतसहित अग्रस्थानमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
