देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ।

काठमाडौँ– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ। पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ।

यसले पुराना दलहरूलाई चुनौती दिएको छ। जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेदवारहरूमा डोटी– १ बाट भरतबहादुर खड्का १४ हजार ८९७ मतले विजयी हुँदा दैलेख– १ बाट बासना थापा १२ हजार ३७२ मत, सन्तोष सुब्बा –तेह्रथुम – १ बाट ११ हजार ५६१ मतले विजय भएका छन्।

यस्तै, मोहन आचार्य रसुवा १ बाट १० हजार ६५६ मतले विजयी हुँदा योगेश गौचन – थकाली मुस्ताङ १ बाट ३ हजार ३०७ मतले विजयी भए। यसैगरी टेकबहादुर गुरुङ – मनाङ १ बाट २ हजार ४१५ मतले विजयी भए।

हालसम्मको मतगणनामा रास्वपाले ८४ स्थानमा अग्रता बनाएको छ। नेपाली कांग्रेसले १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २ सिटमा जित हासिल गरेको छ र ९ स्थानमा अग्रता लिइरहेको छ। यस्तै, नेकपाले २ सिट जित्दा १० स्थानमा अग्रता कायम गरेको छ।

विशेषगरी झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा करिब ३५ हजार मतले अग्रता बनाएका छन्।

हालको निर्वाचन परिणाम अनुसार रास्वपा अहिले देशभरको राजनीतिक परिदृश्यमा बलियो पार्टीको रूपमा देखा परेको छ।

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ।