AnonymousUser

Logout

मध्यपूर्वमा तनाव बढेपछि खाडी र इजरायलमा रहेका नेपालीलाई सतर्क रहन सरकारको आग्रह

मध्यपूर्वमा इरान र इजरायल–अमेरिकाबीच शुरू भएको सैन्य तनावपछि सरकारले खाडी मुलुक र इजरायलमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

इन्धनको खरिद मूल्य बढे पनि उपभोक्ता मूल्य यथावत्

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि आन्तरिक बजारमा बिक्री मूल्य यथावत् राखेको छ।

मध्यपूर्वको तनावपछि त्रिभुवन विमानस्थलको अवस्था (तस्वीरहरू)

मध्यपूर्वमा अचानक चुलिएको सैन्य तनावले हवाई क्षेत्र असुरक्षित बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सात वटा उडान रद्द भएका छन् भने विमानस्थल पुगेका सयौँ यात्रुहरू अन्योलमा परेका छन्।

त्रिभुवन विमानस्थलबाट हुने सात अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वमा जारी सैन्य तनावका कारण विभिन्न देशले हवाई क्षेत्रमा प्रतिबन्ध लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सात अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

निर्वाचनको दिन यी सवारीसाधनलाई पास नचाहिने

निर्वाचन आयोगले फागुन २१ गते हुने मतदानका दिन एम्बुलेन्स, दमकलसहित अत्यावश्यक सेवाका सवारीसाधनलाई पासबिना नै सञ्चालन गर्न दिने गरी व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ।

भारतीय दुई हवाई कम्पनीद्वारा मध्यपूर्वका उडान स्थगित

इजरायल र अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेपछि भारतका प्रमुख विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मध्यपूर्वका सबै उडान स्थगित गरेका छन्।

इरान र इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह

मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।

इरानी आक्रमणबाट यूएईमा एक जनाको मृत्यु, खाडी क्षेत्रको हवाई उडान प्रभावित

अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि इरानले गरेको जवाफी कारबाहीमा परी युएईमा एक जनाको मृत्यु भएको छ भने मध्यपूर्वको हवाई उडान सेवा प्रभावित भएको छ।

निर्वाचन आचारसंहिता उल्लंघनमा आठ जनालाई कारबाही

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ।

अमेरिका र इजरायलमाथि इरानको जवाफी आक्रमण

अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण शुरू गरेपछि इरानले पनि इजरायलका साथै बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी जवाफी कारबाही शुरू गरेको छ।

चुनावी रन्कोबीच महोत्तरीमा पानीको चिन्ता

यसपालिको निर्वाचनमा विकासका गफभन्दा प्राकृतिक स्रोत संरक्षण र समुचित प्रयोगबारे ठोस प्रतिबद्धता आवश्यक रहेको बर्दिवास–८ हात्तीलेटका जगदीश काफ्लेको धारणा छ।

अरुण नदीको बेलीब्रिज भाँचियो

सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इजरायलद्वारा इरानको राजधानीमै आक्रमण

इजरायली रक्षामन्त्री इजरायल काट्जले यस आक्रमणको उद्देश्य इजरायल राज्य विरुद्धको खतरा हटाउनु रहेको बताएका छन्।

सात महिनामा बिमा कम्पनीद्वारा झन्डै ४१ अर्ब दाबी भुक्तानी

बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।

निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द

निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ।

हालैका वार्तापछि इरानसँग झन् रुष्ट बने ट्रम्प

धेरै देशहरूले इरानमाथि सम्भावित अमेरिकी आक्रमणको बारे यस क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेका थिए।

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन

यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको छ।

आज यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

कस्तो रहला निर्वाचनका दिन मौसम?

आगामी निर्वाचनको समयमा देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नपर्ने र तराईमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

इरानबाट ‘जतिसक्दो छिट्टै’ बाहिरिन आफ्ना नागरिकलाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि इरानको यात्रा नगर्न भनेको छ।