प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा रास्वपा ५७ स्थानमा विजयी भएको छ भने एमाले हालसम्म ३ सिट मात्र जित्दै तेस्रो स्थानमा छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वर्चस्व कायम राख्दै ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। शनिबार साँझ ६ बजेसम्मको परिणामअनुसार, रास्वपाका उम्मेदवारहरू थप ६४ निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्।
निर्वाचन आयोगका अनुसार, हालसम्म ७२ स्थानको नतिजा सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले ९ क्षेत्रमा जित हासिल गरेको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ। नेकपा (एमाले)ले ३ स्थानमा विजय प्राप्त गर्दा ९ क्षेत्रमा अग्रता लिएको छ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीले १ सिटमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रस्थानमा छ। साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारहरूले १–१ स्थानमा जित दर्ता गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवारहरू ३ स्थानमा अग्रस्थानमा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
