AnonymousUser

Logout

तत्कालको खर्च कटौतीबाटै निर्वाचनका लागि स्रोत जुटाउने अर्थमन्त्रीको घोषणा

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तत्काल पूरक बजेट नल्याई तयारी नभएका र साना आयोजनाबाट खर्च कटौती गरेरै निर्वाचनका लागि स्रोत जुटाउने बताएका छन्।

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्।

मन्त्रिपरिषद् विस्तारः ३ मन्त्रीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराएका हुन्।

आईसीयू बाहिर छोराको धड्कन सुनिरहेका सूर्यबहादुर

बानेश्वरको सडकमा प्रहरीले चलाएको गोली धर्मेन्द्रको फोक्सो र कलेजोमै लाग्यो। बीच सडकमा ढलेर गुहार मागिरहेका कालिकोटका उनलाई सर्लाहीका भीम यादवले उठाएर अस्पताल पुर्‍याए।

इजरायलसँग दोहोरो मापदण्ड नअपनाउन कतारका प्रधानमन्त्रीको आग्रह

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन पनि आग्रह गरेका छन्।

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

एशिया कप: पाकिस्तानविरुद्ध भारतको सहज जित

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।

काठमाडाैँ उपत्यकासहित देशभरका विभिन्न भागमा वर्षा

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सीआईबीले भन्यो– आन्दोलनमा लुटिएका सामान खरिद–बिक्री नगर्नू

सीआईबीले आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सामानहरू खरिद, बिक्री वा सञ्चय गरेको पाइएमा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्।

विभिन्न जेलबाट भागेका ४ विदेशीसहित १४ कैदीबन्दी धनुषाबाट पक्राउ

विभिन्न जेलबाट भागेका चार जना विदेशीसहित १४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ।

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्: क्षतिको मूल्यांकन र सेवा सञ्चालन सँगसँगै

सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्रीहरू जलेर खरानी भएकाले कुनै पनि वस्तु पहिचान गर्न नसकिने अवस्थामा छन्। भवनभित्र रहेका दुवै सभाहल र वरपरका अन्य कोठाहरूको छत खसेको छ।

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने शहरी मन्त्रालयको तयारी

शहरी विकास मन्त्रालयका सचिव सचिव गोपालप्रसाद सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन्।

जब ट्राफिक व्यवस्थापन गरिरहेका नासिबले भने– पर्खनुस्, देश बल्ल त ब्युँझदैछ

आठ महिनादेखि काठमाडौँ बसिरहेका दार्जिलिङका नासिब मुखिया र उनका नेपाली साथीहरू शुक्रबार र शनिबार साँझ जडीबुटी क्षेत्रमा सिठी फुकिरहेका थिए, अटेर गर्ने चालकलाई हात पनि जोडिरहेका थिए।

‘पिक सिजन’मै पर्यटन क्षेत्रमा लाग्यो ग्रहण

पर्यटनको पिक सिजनमा भएको जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीले घुम्न आएका पर्यटक धमाधम फर्किन थालेका छन्। नेपाल आउने योजना बनाइरहेकाले पनि बुकिङ रद्द गरिरहेका छन्।

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द रहने

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अन्य अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकारबाही अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।

कैलाली भन्सार कार्यालयले आइतबारदेखि नियमित सेवा दिन थाल्यो

जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आइतबारदेखि नियमित सेवा प्रवाह सञ्चालन गरेको छ।

अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ।

३,७२३ कैदीबन्दी पक्राउ, १० हजारभन्दा बढी फरार

‘जेनजी’ प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।