क्षेत्रीय तनाव बढ्दै गएको मूल्यांकन गर्दै भारतीय विदेश मन्त्रालयले इरानमा रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको छ।
वीरगन्जको श्रीपुर घटनापछि उत्पन्न तनाव कम गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दोषीलाई कारबाही गर्ने र सामाजिक सद्भाव कायम राख्नेलगायतका सहमति गरेको छ।
मेलम्ची खानेपानी, नागढुंगा सुरुङमार्ग र फास्ट ट्र्याकजस्ता राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलाइ हुनुमा निर्माण व्यवसायी मात्र नभई कानूनी जटिलता मुख्य बाधक रहेको महासंघको भनाइ छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको आयात करलाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरेपछि अन्तर्राष्ट्रिय व्यापारमा अन्योल सिर्जना भए पनि एशियाली शेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छ।
आन्दोलनका क्रममा आगजनी गर्नेविरुद्ध अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारले मुद्दा नचलाउने निर्णय गरेर अभियुक्तलाई धमाधम छाडिरहेको छ। यसरी छाड्न फरकफरक ‘बहाना’ बनाइएको छ।
सोमबार नेप्से परिसूचक २.४१ अंकले सुधार भए पनि कारोबार रकम भने ५ अर्ब १३ करोडमा सीमित भएको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको उजुरीका आधारमा हालसम्म ८५ जनालाई स्पष्टीकरण सोधेकोमा तीमध्ये ५४ वटाको जवाफ प्राप्त भई अध्ययन भइरहेको जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा च्यापिएका एक यात्रुलाई उद्धार टोलीले पाँच घण्टाको प्रयासपछि जीवितै बाहिर निकाल्न सफल भएको छ।
तल्लो क्षेत्रका मात्र उम्मेदवार हुने मुस्ताङमा यसपटक उपल्लो क्षेत्रबाट एमालेका इन्द्रधारा विष्ट खडा भएका छन्। कांग्रेस उम्मेदवार योगेश गौचनसहित बाँकी उम्मेदवार तल्लो मुस्ताङका छन्।
यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ।
वीरगन्ज क्षेत्रमा आइतबार दुई समुदायबीच झडप भएको थियो र त्यसले ठूलो रूप नलगोस् भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
अमेरिकी विदेश विभागले एल मेन्चोको बारेमा जानकारी दिनेलाई १ करोड ५० लाख अमेरिकी डलरसम्मको पुरस्कार प्रस्ताव गरेको थियो।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
पोखराबाट काठमाडाैँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
पेट्रोलियम आयात घटाउने र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यसहित सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिलाई राजपत्रमा प्रकाशित गरी शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा धातु र काठका भौतिक चिह्न प्रयोग गर्न रोक लगाएको छ भने स्थानीय कार्यपालिकाका पदाधिकारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ।
काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित एक घरभित्र छिरेको चितुवाले दुई जनालाई आक्रमण गरेको थियो।
जेन–जी आन्दोलनपछि निजी क्षेत्रको मनोबल खस्किएर पुँजी पलायनको जोखिम बढेको औँल्याउँदै अध्ययनले निजी क्षेत्रको संरक्षण र आत्मविश्वासबिना दिगो आर्थिक विकास सम्भव नहुने निष्कर्ष निकालेको छ।
विशेष अदालतले पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
काठमाडौँको पेप्सीकोलामा गुडिरहेको बसबाट खसेर घाइते भएकी ६५ वर्षीया एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।