AnonymousUser

Logout

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन

सरकारले चाडपर्वको समयमा यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान शुरू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

‘हामी नेपाललाई सहयोग गरेका छैनौँ, संवेदनशील घडीमा बदनाम गरियो’

फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गर्दै बारबराको सम्पत्ति, पारदर्शिता र सुशासनमा आधारित संस्थालाई लक्षित गरी फैलाइएका आरोप निराधार रहेको जनाएको छ।

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छाडिन् रास्वपा

पार्टी नेतृत्वले कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था आएपछि पार्टी छाडेको उनको भनाइ छ।

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले त्यसै दिन शपथ लिएर संसद् विघटन गरेकी थिइन्।

काठमाडौँको बौद्धस्थित भाटभटेनीमा ६ शव फेला

सरसफाइ गर्ने क्रममा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

बँदेलले बाली सखाप पारिदिएपछि चिन्तित छन् ताप्लेजुङका किसान

बँदेलले मकैलगायत बाली सखाप परिदिएपछि ताप्लेजुङ सिदिङवा गाउपालिका–१ कालिखोलाका किसान चिन्तित भएका छन्। पहिले भालुले दुःख दिने गरेकामा पछिल्लो समय बँदेलले दु:ख दिन थालेको छ।

ट्रमा सेन्टरका सर्जनको बयान: एकैपटक धेरै घाइते आउँदा आत्तियौँ

जेनजीको आन्दोलनका गम्भीर घाइतेलाई कम्मरभन्दा माथि- टाउको, घाँटी, छाती र पेटमा गोली लागेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। यस्ता घाइते अपांग हुने सम्भावना धेरै छ।

राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि राष्ट्र बैंकले आग्रह गरेको छ।

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

नयाँ बसपार्कबाट ३०० बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै शनिबार नयाँ बसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका छन्।

आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग भने– ‘हाम्रो योगदान खेर नजाओस्’

'जेनजी' आन्दोलनमा घाइते भएका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग देशका लागि आफूहरूले दिएको बलिदान खेर जान नदिन र देशलाई निकास दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको निर्वाचनका लागि सहयोग गर्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले देशको जटिल परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन्।

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार पारिँदै प्रधानमन्त्रीको कार्यकक्ष

नेपाली सेना र कर्मचारी सिंहदरबारको पश्चिमोत्तर भागमा रहेको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाउन जुटेका छन्। आगजनीबाट जोगिएका पुराना सामान प्रयोग गरेर नयाँ कार्यकक्ष तयार पारिँदै छ।

संसद् विघटनको निर्णय सच्च्याउन ८ दलको माग

आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानूनबमोजिम हुनुपर्नेमा जोड दिएका छन्।

सरकार मात्र होइन, संसद् पनि सधैँ अस्थिर

नेपालमा सरकार मात्र अस्थिर भएन, संसद्ले पनि जहिल्यै त्यही नियति ब्यहाेर्‍यो। ‘जेनजी’ आन्दोलनले केपी शर्मा ओलीको सरकार ढलेपछि बनेको अन्तरिम सरकारले पनि पहिलो कदम, प्रतिनिधिसभा विघटन गरेर यो अध्यायलाई निरन्तरता दिएको छ।

प्रधानमन्त्री कार्कीलाई बांग्लादेश सरकारका प्रमुख सल्लाहकारको बधाई

​​​​​​​बांग्लादेश सरकारका प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।

जेनजी आन्दोलनका घाइते भेट्न ट्रमा सेन्टरमा पुगिन् प्रधानमन्त्री कार्की (तस्वीरहरू)

प्रधानमन्त्री कार्कीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फर्कन आयोगको आग्रह

'जेनजी' आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई सम्बन्धित कारागारमा फर्किन र नियन्त्रणमा लिएका प्रहरीका हतियार र पोसाक पनि फिर्ता गर्न मानव अधिकार आयोगले आग्रह गरेको छ।