AnonymousUser

Logout

ओलीले नेता व्यवस्थापन गर्न विधान उल्ट्याए, उनकै समूह रहेन एकढिक्का

आफ्नो समूहका पदका आकांक्षीकाे व्यवस्थापन गर्न विधान महाधिवेशनको निर्णय ३ महिनामै उल्ट्याए पनि ओलीले तिनैलाई एकताबद्ध राख्न नसक्दा असन्तुष्ट नेताले विद्रोह गर्दै ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन्।

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णय मगाउन आदेश

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत विरुद्धको पतञ्जलि जग्गा अनियमितता प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णयसहितको फाइल झिकाउन आदेश जारी गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ।

प्रभु बैंक घोटाला: सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका पाण्डे पनि अनुसन्धानमा तानिए

प्रभु बैंकको १३ करोड कर्जा दुरुपयोगमा बैंककी सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेमाथि पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ।

प्रभु बैंकका सीईओसहित ४ अधिकारीको बैंकिङ कसुर मुद्दामा पुनः ५ दिन म्याद थप

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार अधिकारीमाथिको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि उच्च अदालत पाटनले पुनः पाँच दिनको म्याद थप गरेको छ।

भारु २०० र ५०० दरका नोट २५ हजारसम्म बोक्न पाइने, उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ।

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

एमाले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता

विगतमा भिन्नभिन्न समूहमा रहेको एनआरएनए एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले १२औँ एकता महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो।

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करी रोक्न संयुक्त गस्ती गरिएको हो।

मेलम्ची भ्रष्टाचार मुद्दा: खानेपानी सचिवसहित १७ जनाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियारले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्मावसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ।

सर्लाही–४ बाट उम्मेदवार बन्न ‘इच्छुक’ डा. राजेश्वर सिफारिसमै परेनन्

डा. राजेश्वर सिंहले आफू सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न इच्छुक रहेको बताए पनि कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले उनको नाम दर्ता गर्न नै अस्वीकार गरेको छ।

एमाले ११औँ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान पुस १ गते

पार्टीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया मंसिर २८ गतेबाट शुरू हुनेछ। सार्वजनिक गरिएको कार्यतालिका अनुसार मतदान पुस १ गतेका लागि तोकिएको छ।

चिसो अत्यधिक बढेसँगै रसुवामा विद्युत् उत्पादनमा भारी कटौती

सम्बद्ध व्यवसायीहरूका अनुसार, जिल्लाको माथिल्लो भेगमा चिसोका कारण हिउँ पग्लने दर कम हुनुका साथै पानी जम्न थालेपछि नदी तथा खोलाको जलस्तर घटेर विद्युत् उत्पादनमा कटौती भएको हो।

‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली

विश्व विख्यात कम्पनीको ‘प्रमोसन’देखि अनलाइन जागिरको लोभ देखाएर पैसा हाल्न लगाउने र एपमा फिर्ता हुन ठिक्क पारिएको आम्दानी देखाएर नेपालीको बैंक खाताबाट ‘डिजिटल डकैती’ भइरहेको छ।

निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३ करोड ६८ लाख बिगो माग

अख्तियारले गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा विघटित प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

माग बढ्दा घट्दै कोदो उत्पादन, बनमाराले ढाकिँदै पाखोबारी

कुनै समय कम खपत हुने कोदोको माग अहिले शहरबजारका ठूला होटल तथा रेस्टुरेन्टमा अत्यधिक बढेको छ। यद्यपि, ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेका कारण कोदोखेतीमा कमी आएको स्थानीयको भनाइ छ।

संखुवासभामा आगलागी हुँदा १ जनाको मृत्यु

चैनपुर नगरपालिका–४, मैदानेमा आइतबार बिहान ग्यास चुहिएर घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।

राजधानीमै छैन पर्यटक बसपार्क, ७ वर्षदेखि सडकमै पार्किङ

विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेको भए पनि नेपालमा भने यसलाई प्राथमिकता नदिइएको टिवानका अध्यक्ष भीष्म न्यौपानेको भनाइ छ।

वीरगञ्ज महानगरले हटायो बीपी उद्यान अतिक्रमण गरेर सञ्चालित पसल

मुख्य शहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगरले जनाएको छ। उक्त स्थानमा ७० करोड रुपैयाँ खर्चेर पार्क बनाउने योजना छ।

दाङको होटलमा लुकाइराखेको पेस्तोल पड्किँदा १ जना घाइते

लमहीस्थित एक होटलमा लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।