AnonymousUser

Logout

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको र चलिरहेको अनुसन्धानका क्रममा शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

सुरक्षाकर्मीलाई ‘घरदास’बाट मुक्त गराउन सर्वोच्चमा रिट

नेपाली सेनाका अवकाशप्राप्त र कार्यरत उच्चपदस्थले ब्यारेकमा बस्नुपर्ने सैनिकलाई घरेलु काममा लगाउने गरेको समाचार उकालोले प्रकाशित गरेको थियो।

नेपाली सेनाका रथी श्रेष्ठ शान्ति मिसनको फोर्स कमान्डर नियुक्त

सुडानमा रहेको यो मिसनको फोर्स कमान्डर यसअघि सुडानका उपरथी रोबर्ट याव अफ्राम थिए। फोर्स कमान्डरका लागि सैनिक अधिकृतहरूलाई विश्वव्यापी रूपमा खुल्ला प्रतिस्पर्धा गराइन्छ।

पाँच महिनादेखि बन्द रसुवागढी नाका कहिले खुल्छ?

गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि ठप्प रहेको रसुवागढी नाका खोल्न विकल्पमा बेलिब्रिज निर्माण भइरहेको छ। तर त्यसले उत्तरी नाकाबाट हुने आयातको भार थेग्ने देखिन्न।

अपांगता भएकाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

दिवसको नारा ‘अपांगता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ।

काठमाडौँ महानगरमा आगलागीजन्य घटना नियन्त्रण गर्न ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा

पञ्चकुमारी मार्गस्थित जनगल्लीसम्म बिछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षणपछि उक्त प्रणालीमार्फत काम शुरू गरिएको काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागका विष्णुप्रसाद जोशीले जानकारी दिए।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो।

वाइडबडी प्रकरण: अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा दियो पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

कारको ठक्करबाट १ जनाको मृत्यु, ट्राफिक प्रहरीसहित २ घाइते

काठमाडौँको केशरमहलमा भएको कार दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने ट्राफिक प्रहरीसहित दुई जना घाइते भएका छन्।

देवी भट्टचन जोडिएको मुद्दामा एक जना पुर्पक्षका लागि थुनामा, अर्का एक जनासँग धरौटी माग

प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवी भट्टचन जोडिएको मुद्दामा अदालतले प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने पूर्वशेयरधनी रामबाबुप्रसाद जयसवालसँग सात लाख धरौटी माग गरेको छ।

प्रभु बैंक घोटालाः सीईओ शेरचनले पक्राउ पर्नुअघि जोगिनलाई जे गरे

पूर्वअध्यक्ष भट्टचन पक्राउ परेपछि प्रभु बैंकका सीईओ शेरचनले सीआईबीको अनुसन्धान रोक्न र आफू पक्राउ पर्नबाट जोगिन अनेक चलखेल गर्दै अदालतबाट निषेधाज्ञाको आदेश ल्याउनेसम्मका काम गरेका थिए।

भोजपुरमा एम्बुलेन्स दुर्घटना, गम्भीर घाइते दुवैलाई काठमाडौँ रेफर

एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

जाडो बढ्दै जाँदा भरतपुर अस्पतालमा रुघाखोकीका बिरामीको चाप उच्च

बालरोग विशेषज्ञ डा. खेम पौडेलका अनुसार चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँडडुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने तथा झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले बालबालिकालाई मौसमी रोगबाट बचाउन सकिन्छ।

बाजुराको मार्तडीमा आगलागी, फर्निचर उद्योग र ग्यारेजमा क्षति

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ।

३ दिनदेखि बेपत्ता व्यक्तिको गाडीसहित शव फेला

शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा इन्ट्री भएपछि उनी त्यही रातदेखि सम्पर्कविहीन भएका थिए।

वन्यजन्तु शिकार–तस्करीका नामुद अभियुक्तहरू कारागार बाहिरै, संरक्षणमा बढ्यो चुनौती

जेन–जी आन्दोलनका बेला कारागारबाट भाग्नेहरूमा गैँडालगायत वन्यजन्तुको शिकार–तस्करीमा संलग्न कुख्यात अभियुक्तहरू पनि छन्। उनीहरू समाजमा फुक्काफाल हुँदा संरक्षणमै चुनौती थपिएको छ।

काठमाडौँमा ‘सडक एम्बुलेन्स’ [तस्वीरहरू]

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने कार्यालयको विश्वास छ।

शहरी क्षेत्रका खुला स्थान संरक्षण गर्न माग

शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत हरियाली पार्कसहतिको खुला ठाउँ हुनुपर्ने उपत्यका विकास प्राधिकरणको नीति छ।

कमला नदीमा १४ वर्षदेखि पुल अधुरै, ‘डाइभर्सन’ निर्माण गर्न ठेक्का आह्वान

पक्की पुल विगत १४ वर्षसम्म अधुरै रहँदा, अहिले पनि स्थानीय जोखिम मोलेर युवाले बनाएको काठको पुल तथा डुंगाको भरमा आवतजावत गर्न बाध्य छन्।

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित ३ जना पक्राउ

प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।