AnonymousUser

Logout

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना भएको छ।

प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

प्रभु बैंकमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन्।

बर्दिया घटना: छानबिन समितिको रोहबरमा छोरीको जन्मदर्ता र बुबाको मृत्युदर्ता सम्पन्न

नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार  बर्दियामै पुगेर काम थालेको छ।

कुखुरामा एनेमिया भाइरस

चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ।

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ र पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

नेपालगन्जका नगरबस प्रयोगविहीन, व्यवस्थापनका लागि अध्ययन समिति गठन

नगरबसहरू प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए।

दाङमा खानेपानीको ठेक्कामा अनियमितताको आरोपमा ५ कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा

अख्तियारले दाङस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ठेक्कामा आर्थिक अनियमितता र मिलेमतो भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त डिभिजन प्रमुखसहित पाँच कर्मचारी र ठेकेदार कम्पनीका प्रबन्ध निर्देशकविरुद्ध आरोपपत्र दायर गरेको छ।

भन्सार ऐनको विरोधमा भन्सार एजेन्टको ‘पेन डाउन’

भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति असन्तुष्टि जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारी सोमबारदेखि आन्दोलित छन्।

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

निर्माणाधीन ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर आयोजनाअन्तर्गतको निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

हिउँदमा वासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

कठिन भूगोलमा अवस्थित गाउँमा १३ घरधुरीको बसोबास छ। मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो।

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

कानूनी प्रक्रिया पूरा नगरी लामो समयदेखि चल्दै आएको उक्त क्रसर उद्योगले अनधिकृत रूपमा नदी जन्यपदार्थ उत्खनन गरेको पाइएको भन्दै बन्द गरिएको छ।

कार्यकारी निर्देशक नियुक्त नहुँदा २०८३ को पात्रो स्वीकृति अन्योलमा

नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन।

मन्त्रिपरिषद् निर्णय: ‘जेनजी’ घाइतेलाई रोजगारीको व्यवस्था गरिने, उखुको मूल्य ६२० निर्धारण

मन्त्रिपरिषद्ले २०८१ चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमै पुनर्बहाली गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने सरकारको निर्णयलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ठहर गर्दै बदर गरिदिएको छ।

कैलालीमा एक लाख ७१ हजार क्युफिट काठ घाटगद्दीमै थन्कियो

समयमै संकलन, मापदण्ड पालन, लिलाम प्रक्रिया पूरा गरेर घाटगद्दीमा राखिएको काठ उठाउन अनुमति नपाउँदा सामुदायिक तथा साझेदारी वन, निजी काठ व्यवसायी, मजदुर, उपभोक्तालगायत सबै मारमा परेका छन्।

मंसिर २६ गतेसम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

आयोगले झूटा विवरणका आधारमा नाम दर्ता भएको पाइएमा उजुरी दिन, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आग्रह गरेको छ।

अदालतको अवहेलना मुद्दामा नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रधानन्यायाधीश र अदालतको जनआस्थामा आँच पुर्‍याउने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उनीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो।

सूर्यविनायक–धुलिखेल सडक : ठेक्काको म्याद सकियो, काम आधा मात्र

दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।

कुश्मिसेरा–राङ्खानी सडक: २ वर्षमा सक्नुपर्नेमा ६ वर्षमा ६५ प्रतिशत मात्रै प्रगति

कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ।