अख्तियारले गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा विघटित प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा विघटित प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कांग्रेस नेतासमेत रहेका चालिसे सार्वजनिक पदमा रहँदा आर्जित सम्पत्तिमध्ये करिब तीन करोड ६८ लाख ४७ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै आइतबार आरोपपत्र दर्ता गराएको हो।
अनुसन्धानका क्रममा, संघीय संसद्अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेले मेयरको जिम्मेवारी सम्हालेको २०७४ जेठदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनको र उनको परिवारको पारिश्रमिक, भत्ता, कर्जा र व्यवसाय लगायतबाट प्राप्त वैध आय करिब चार करोड ८८ लाख रुपैयाँ देखिएको थियो। तर, सोही अवधिमा घर निर्माण, जग्गा खरिद, शेयर लगानी, तथा कर्जा भुक्तानी लगायतमा भएको कुल खर्च तथा लगानी भने आठ करोड ५६ लाख रुपैयाँभन्दा बढी पाइएको थियो।
वैध आयभन्दा तीन करोड ६८ लाख रुपैयाँले बढी खर्च तथा लगानी देखिएपछि उक्त रकम गैरकानूनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको निष्कर्षमा पुग्दै अख्तियारले आरोपपत्र दायर गरेको हो।
आयोगले चालिसेले अस्वाभाविक जीवनस्तर यापन गरेको र सम्पत्तिको स्रोत लुकाउन पछिबाट झूटो लिखत (कागजात) खडा गरेको आरोप लगाएको छ। मुद्दामा भ्रष्टाचार निवारण ऐनबमोजिम बिगो जफत, जरिबाना र कैद सजायको माग गरिएको छ।
साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति परिवारका सदस्यहरूको नाममा राखिएको देखिएकाले सो सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर र सन्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी कायम गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
