विगतमा भिन्नभिन्न समूहमा रहेको एनआरएनए एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले १२औँ एकता महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो।
काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन आगामी फागुन दोस्रो साता हुने भएको छ।
विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो। संघका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिए। उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ।
बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) बीचको एकतालाई निष्कर्षमा पुर्याउन गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी एकता समिति’ गठन गरेको छ। उक्त समितिको सहसंयोजकमा टीका गुरुङ र सदस्यमा शनि ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का छन्।
संघले एनआरएनएको एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने भएको छ। संघले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
