नागरिक समाजले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसँग विशेष आग्रह गरेको छ।
कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले ६ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी पेश गरेका छन्।
जेन–जी आन्दोलनपछि चर्चामा आएका कोही शर्त राखेर चुनावै हुन नदिने भनिरहेका छन्, कोही लोकतन्त्रमा चुनावको विरोध गर्न नसकिने भनिरहेछन्। फरक विचारधाराका जेन–जी अगुवाहरूको अबको कार्यदिशा के छ त?
राप्रपा नेपालका मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई निलम्बनमा परेकी छन्।
योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्नुअघि दुवै पक्षबीच छलफल गर्नुपर्ने देखिएको भन्दै सर्वोच्च अदालतले पुस ४ गतेलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
पैदलयात्रुको अत्यधिक चाप, सवारी साधनको आवागमन, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन र दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माण थालिएको सडक डिभिजन कार्यालयले अघि बढाएको जनाएको छ।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ।
पूर्वराजदूत बरालले लेखेका छन्— ‘ओहोदाको प्रमाणपत्र बुझाएकै दिन पाकिस्तानी राजदूतको स्वागत समारोहमा धेरैले मलाई जिस्क्याउँदै भने, आज प्रमाणपत्र दियौ, उता तिम्रो सरकार बच्ने/नबच्ने ठेगान छैन।’
२०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ३७ जनाको मृत्यु हुनुका साथै ११ वटा जलविद्युत्, स्वास्थ्य एकाइ, ११ वटा झोलुंगे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालयसहित २० किमी सडक बगाएको थियो।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ।
कांग्रेस र लोसपा दुवैले मुख्यमन्त्रीको दाबी नछोडेपछि मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात राजनीतिक दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री कार्कीले बैठकमा सहभागी हुन जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समय सीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ।
खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका कोटवासीहरूले निर्माण कार्य अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन्।
महाकाली नदीको घाटमा मलामी गएका एक युवक चिता बनाउने क्रममा चिप्लेर नदीमा बेपत्ता भएका छन्।
अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि धनगढीमाई-३ कुर्वा गाउँको मुसहर परिवारमाथि बज्रपात परेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेका छन्।
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले १३ वर्ष र ११ वर्षअघि नै पटक–पटक टोली बनाएर अध्ययन गरेको थियो। आयोगले त्यसबेलै देखेका कठिनाई सम्बोधन गर्न अहिलेसम्म केही गरिएको छैन।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।