प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार अधिकारीमाथिको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि उच्च अदालत पाटनले पुनः पाँच दिनको म्याद थप गरेको छ।
पाटन– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित चार उच्च अधिकारीमाथिको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि उच्च अदालत पाटनले पुनः पाँच दिनको म्याद थप गरेको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा सोमबार भएको सुनुवाइपछि अनुसन्धानका लागि म्याद थप गर्ने आदेश भएको हो।
उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलासले अनुसन्धान प्रक्रिया पूरा गर्नका लागि सोमबार पुनः पाँच दिनको समय दिएको हो। बैकिङ कसूरमा शेरचन मंसिर १४ गते पक्राउ परेका थिए। त्यसयता पटक–पटक गरेर १५ दिन म्याद थप भइसकेको छ।
म्याद थप गरिएका बैंकका अधिकारीहरूमा सीईओ अशोक शेरचनका साथै डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीईओ) मणिराज पोखरेल, प्रमुख कर्पोरेट अधिकारी (सीसीओ) रिवाश श्रेष्ठ र राजेन्द्र शाक्य रहेका छन्।
सीईओ शेरचन मंसिर १४ गते पक्राउ परेका थिए र त्यसयता पटक-पटक म्याद थप हुँदै आएको छ। राष्ट्र बैंकबाट जारी भएका निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरेर बैंकलाई हानि पुर्याएको कसुरमा उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो पनि – रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
