विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत विरुद्धको पतञ्जलि जग्गा अनियमितता प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णयसहितको फाइल झिकाउन आदेश जारी गरेको छ।
काठमाडौँ– विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत विरुद्धको पतञ्जलि जग्गा अनियमितता प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा फाइल झिकाउन आदेश जारी गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार मुद्दाको सुनुवाइका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९ मंसिर २५ गते भएको निर्णयसहितको फाइल झिकाउन आदेश दिएको हो।
अख्तियारले जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिबाना र सजायको मागदाबीसहित मुद्दा दायर गरेको थियो। उनीहरूमाथि हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
अदालतले दिएको आदेशमा वादी (नेपाल सरकार) र प्रतिवादीहरूको साक्षीलाई भौतिक उपस्थिति वा श्रव्यदृश्य माध्यममार्फत उपस्थित गराई बकपत्र गराउन पनि भनिएको छ। वादीको साक्षी विशेष सरकारी वकिल कार्यालयमार्फत अख्तियारबाट तथा प्रतिवादीहरूका साक्षी प्रतिवादीहरूमार्फत झिकाउन पनि आदेश दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
