दाङको होटलमा लुकाइराखेको पेस्तोल पड्किँदा १ जना घाइते

लमहीस्थित एक होटलमा लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।

प्रतीकात्मक तस्वीर

दाङ– जिल्लाको लमहीस्थित एक होटलमा लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।

लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय शिशम गौतम शनिबार पेस्तोल पड्किँदा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।

प्रवक्ता शाहका अनुसार एसीमाथि लुकाएर राखिएको उक्त पेस्तोल कोठा सफा गर्ने क्रममा अकस्मात पड्किएको थियो। गौतमको अवस्था सामान्य रहेको जनाउँदै उनले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।

यसअघि गत शनिबार पनि लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए।