दार्चुलामा जिप दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ। जिपका चालक माधव महरा घाइते भएका छन्।

खलंगा– मार्मा गाउँपालिका–३ भैसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१च २६०४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ। सोही जिपका चालक माधव महरा घाइते भएका छन्। 

घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी  पठाइएको छ।  चालकसहित दुई जनामात्र सवार जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।