बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
झापा– बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
शनिबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी–स्टेटनजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र नाम, थर नखुलेका अन्दाजी २६ वर्षीय एक पुरुष रहेका छन्।
दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतक दुवैको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
