जाडो बढ्दै गएपछि गोरखाको हिमाली भेगका बासिन्दाहरू विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि धमाधम सहर झर्न थालेका छन्।
गोरखा— जाडो बढ्दै गएपछि गोरखाको उच्च हिमाली भेगका बासिन्दाहरू थातथलो छाडेर शहर झर्न थालेका छन्। चुमनुब्री गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरू विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जाडो छल्न धमाधम काठमाडौँ लगायतका शहरी क्षेत्रतर्फ लागेका हुन्।
चुमनुब्री–७ छेकम्पारका स्थानीय पासाङफुञ्जो लामाका अनुसार करिब ८० प्रतिशत गाउँलेहरू काठमाडौँ पुगिसकेका छन्। “अहिले हरेक घरमा एक जना मात्र घर कुरुवा छन्," उनले भने, "घर कुर्न बस्नेले नै खेतीपाती र बस्तुभाउको रेखदेख गर्छन्।” गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उनले बताए।
जाडो बढेपछि मंसिर दोस्रो सातादेखि नै लेकका चरन र खर्कमा रहेका चौँरीहरू गाउँ झारिएको छ। वडाध्यक्ष टासी लामाका अनुसार बाक्लो भुत्ला हुने 'याक' लेकमै रहे पनि पातलो भुत्ला हुने 'चौँरी'लाई भने चिसोबाट जोगाउन घरमै ल्याएर राख्ने चलन छ।
अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएपछि चुमनुब्री–२ स्थित ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका–४ को कोखेटारमा सारिएको छ। विद्यालयका प्रधानाध्यापक बाबुराम धमलाका अनुसार आउँदो चैतसम्मका लागि विद्यालय नै तल्लो क्षेत्रमा स्थानान्तरण गरिएको हो।
चुमनुब्री–१ मा पनि बस्ती खाली हुन थालेका छन्। तिब्बत सीमानानजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको स्थानीयको भनाइ छ। स्थानीय वाङ्चुक राप्तेन लामाका अनुसार साम्दोका करिब ४५ घरधुरीमध्ये अहिले १०–१५ घरमा मात्र मानिस छन्। “धेरै घर खाली भइसकेका छन्”, उनले भने, “एक दुईबाहेक होटल पनि बन्द भएका छन्।”
शहर झरेका बासिन्दाहरू यो समयमा लुम्बिनी, धर्मशाला र विभिन्न गुम्बाहरूमा तीर्थाटनका लागि जाने गर्छन्। “धेरैजसो तीर्थ गर्न जान्छन्। कोहीकोही काठमाडौँमा पढ्ने छोराछोरीसँग घुमफिर गरेर समय बिताउँछन्”, चुमनुब्री–७ निलेको लोप्साङ लामा भन्छन्, “हाम्रातिर घरमा ढोका लगाएर सबै सहर झर्दैनन्। कम्तीमा प्रत्येक घरमा एक जना घर कुरुवा बस्छन्।” अहिले शहर झरेका शहरमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
