मधेस प्रदेशसभा सभामुखमा रामअशिष यादवको उम्मेदवारी दर्ता

मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।

धनुषा– मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले शनिबार उम्मेदवारी दर्ता गराएका छन्। यादवले विभिन्न सात दलको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा नेकपा (माओवादी केन्द्र)का फकिरा महतो रहेको प्रदेशसभा सचिव वासुदेव कोइरालाले जानकारी दिए। यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।