धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट धनुषा क्षेत्र नं. १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ। उनी बैंक तथा वित्तीय संस्थाको ‘कालोसूची’मा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले उक्त निर्णय गरेको हो।

कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार साह कालोसूचीमा रहेको प्रमाण फेला परेपछि उनको उम्मेदवारी बदर गरिएको हो।

निर्वाचन ऐनअनुसार बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसूचीमा परेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिन्छन्।