निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको मौन अवधि उल्लंघन गर्नेलाई दुई वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने कानूनी व्यवस्थाबारे सचेत गराएको छ।
काठमाडौँ— प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का अवसरमा लागू हुने 'मौन अवधि'मा के–के गर्न पाइँदैन भन्ने विषयमा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ। मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा मतदाताले प्रचारप्रसार गर्न, सभा–समारोह आयोजना गर्न र मतदान केन्द्र वरिपरिको शान्ति भंग हुने गरी भय वा त्रास सिर्जना गर्न पाउने छैनन्।
आयोगका अनुसार यस अवधिमा मतदानको पक्ष वा विपक्षमा सभा, सम्मेलन, कार्यशाला, गोष्ठी तथा अन्तरक्रिया गर्न रोक लगाइएको छ। त्यसै गरी सार्वजनिक भोज, जुलुस, नाचगान, बाजा बजाउने, हुलहुज्जत वा होहल्ला गर्न पाइने छैन। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न तथा साउन्ड सिस्टमबाट मत माग्न समेत निषेध गरिएको छ।
मतदान प्रारम्भ हुनुभन्दा ३ घण्टा अघिदेखि मतदान नसकिएसम्म मतदाता वा कर्मचारीलाई बाधा पुर्याउने, बाटो छेक्ने, मतपत्र र मतपेटिका कब्जा वा नष्ट गर्ने जस्ता कार्य गरेमा कडा कारबाही हुने आयोगले जनाएको छ। उम्मेदवार वा प्रतिनिधिले मतदातालाई नगद, उपहार वा भोजभतेर गराउन पाउने छैनन् भने मतदाताले पनि यस्ता प्रलोभनमा पर्न नहुने उल्लेख छ।
उल्लंघन गरे के हुन्छ सजाय?
आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरेको छ। एउटै निर्वाचनमा दोहोरो मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ। त्यस्तै, मतपत्र वा मतपेटिका कब्जा वा नष्ट गरेमा १ लाख रुपैयाँसम्म जरिबाना र २ वर्षसम्म कैद सजाय हुन सक्छ।
नगद वा जिन्सी लेनदेन गरी निर्वाचन प्रभावित पार्न खोजेमा २५ देखि ५० हजार रुपैयाँसम्म जरिबाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने आयोगले जनाएको छ।
मौन अवधिको कडाइका साथ पालना गरे निर्वाचन निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण हुने भन्दै आयोगले सबै मतदातालाई सहयोगका लागि अपिलसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
