कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना

कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ।  बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी  प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।