कतार, इरान, साउदी अरब, कुवेत, यमन, इजरायल, साइप्रस, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनस्थित नेपाली राजदूतावासहरूले छुट्टाछुट्टै सूचना जारी गरी त्यहाँ रहेका नेपालीहरूलाई अनलाइन पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेका छन्।
काठमाडौँ— इरानमाथि इजरायल र अमेरिकाको आक्रमणपछि मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले सञ्चालन गरेको पोर्टलमा विदेशमा रहेका नेपाली र उनीहरूका परिवारले आवश्यक विवरण प्रविष्ट गर्न सक्नेछन्।
अमेरिका र इजरायलले इरानमाथि शुरू गरेको आक्रमण चौथो दिनमा पुग्दा युद्ध झन् तीव्र बनेको छ। यसको प्रभाव तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म फैलिएको छ। इरानले औद्योगिक तथा कूटनीतिक क्षेत्रलाई लक्षित गरी जवाफी आक्रमण जारी राख्दै अमेरिका र इजरायलले ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ। विभिन्न स्थानमा विष्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेपछि ती देशका विमानस्थलहरू प्रभावित भएका छन्। हवाई उडान अवरुद्ध हुँदा वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका, यात्रामा रहेका तथा स्वदेश फर्किने क्रममा रहेका नेपालीहरू समस्यामा परेका छन्।
संकटमा परेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारले ‘इमर्जेन्सी रेस्पोन्स टिम’समेत गठन गरिसकेको जनाएको छ। यसै सिलसिलामा कतार, इरान, साउदी अरब, कुवेत, यमन, इजरायल, साइप्रस, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइनस्थित नेपाली राजदूतावासहरूले छुट्टाछुट्टै सूचना जारी गरी अनलाइन पोर्टलमा विवरण अद्यावधिक गर्न अपिल गरेका छन्।
दोहा र रियादस्थित नेपाली राजदूतावासका अनुसार पोर्टलमार्फत संकलन गरिएको तथ्यांकका आधारमा आवश्यक परेको खण्डमा तत्काल उद्धार तथा सहयोग पुर्याइनेछ। इजरायलको तेलअबिबस्थित दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीलाई यथाशीघ्र विवरण भर्न अनुरोध गरेको छ।
त्यसैगरी, यूएईको अबुधाबीस्थित दूतावासले पहिलो चरणमा नेपाल फर्कने क्रममा विमानस्थलमा अलपत्र परेका, भिसा समाप्त भएका वा कम्पनीबाट भिसा रद्द भई टिकट काटिसकेका तर असहज परिस्थितिमा परेका नागरिकलाई प्राथमिकतामा राखेर विवरण अद्यावधिक गर्न भनेको छ। दूतावासले २८ फेब्रुअरीपछि भिसाको म्याद नाघेका नेपालीको हकमा जरिवाना नलाग्ने जानकारी प्राप्त भएको भन्दै उनीहरूलाई संयमित रहन समेत आग्रह गरेको छ।
बहराइन र कुवेतस्थित नेपाली दूतावासले पनि त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई मन्त्रालयको एकीकृत पोर्टलमा दर्ता हुन सूचित गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
