सर्लाहीको जिगडवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको मंगलबार दिउँसो ड्युटीकै क्रममा अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ।
सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतको अचानक बेहोस भई मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका–६ निवासी ४२ वर्षीय रघुनाथ महतोको उपचारका क्रममा मृत्यु भएको हो। उनी सर्लाहीकै बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सिनियर अहेवका रूपमा कार्यरत थिए।
मंगलबार दिउँसो २ बजे ड्युटीमै रहेका बेला महतो अचानक बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा दिउँसो करिब २:३० बजे उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
