निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले तोकेको सीमा भन्दा ३६ गुणासम्म धेरै खर्च गरिरहेका उम्मेदवारलाई त्यति खर्च हुँदा पनि चुनाव जितिने टुंगो छैन। किन यति महँगो भयो निर्वाचन? खर्च नियन्त्रणमा किन निरीह छ आयोग?
दमक औद्योगिक क्षेत्रभित्र सेतुमारी बस्तीमा धिमाल, सतार, राजवंशीसहित ५० भन्दा बढी आदिवासी परिवारसँग सुकुमबासी परिचयपत्र छ। उनीहरू वर्षौंदेखि लालपुर्जाको पर्खाइमा छन्।
स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु। यही सडकलाई देखाएर नेताहरूले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ।
साङ्ता गाउँमा ३९ जना मतदाता छन्। यहाँको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौँसहितका जिल्लामा असिनापानी परेको छ भने पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३६.८ मिमि वर्षा संखुवासभामा मापन गरिएको छ।
यातायात व्यवस्था कार्यालय हेटौँडाका अधिकृत अमृत भेटुवाल र बिचौलिया खगेन्द्र पौडेललाई घुसको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ।
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा अवरोध पुर्याउनेलाई २ लाख रुपैयाँ जरिबाना वा ३ वर्षसम्म कैद हुन सक्ने कानूनी प्रावधान स्मरण गराउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ।
केन्द्रीय सुरक्षा समितिले प्रतिनिधिसभा निर्वाचनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी ‘जगेडा बल' बढाउने निर्णय गरेको छ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पश्चिमी न्यूनचापीय रेखाको प्रभावले आज देशका विभिन्न पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रामेछापको मन्थलीमा बस दुर्घटनापछि अरनिको यातायातले १२ दिनदेखि सेवा ठप्प पार्दा निर्वाचनको मुखमा सर्वसाधारणले महँगो भाडा र सास्ती खेप्नुपरेको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।
३१ वर्ष १० महिना थुनामा बसेका राई २०२४ जुलाई ५ मा रिहाइ भएका थिए। त्यसपछि पनि भुटानमा बस्न नदिएपछि परिवार र नातागोता खोज्दै बेलडाँगी शरणार्थी शिविर आइपुगेका थिए।
फापरबारीबाट हात्तीसुडेतर्फ गइरहेको मोटरसाइकल सोमबार राति नालामा खस्दा मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको छ।
मनाङको विकट नार्पाभूमि गाउँपालिका जाने बाटोमा जमेको हिउँ सुरक्षाकर्मीले पाँच दिन लगाएर पन्छाएपछि निर्वाचनको तयारीका लागि आवतजावत सहज भएको छ।
धादिङको भैँसीगौडामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ नेपाली र ३ विदेशीसहित सबैको सनाखत भएको प्रहरीले जनाएको छ।
डिजिटल माध्यमबाट हुने अवाञ्छित गतिविधिको निगरानी गरी कानूनी उपचार खोज्नका लागि नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘एआई सेल’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।
प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा, तटस्थता तथा कानूनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरीत हुने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न/नगराउन आयोगले सचेत गराएको छ।
धादिङ बस दुर्घटनाका घाइतेहरूलाई भेटेर गृहमन्त्री अर्यालले उनीहरूको उपचारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।