रामेछाप नगरपालिका–२ देउरालीमा सोमबार निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
रामेछाप– रामेछाप नगरपालिका–२ देउरालीमा सोमबार निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। मन्थलीस्थित मन्थली अस्पतालका प्रमुख डा. केशव धामीका अनुसार उपचारका क्रममा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या थपिएको हो।
अस्पतालमा ज्यान गुमाउनेमा साँघुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन्। उनी मन्थली नगरपालिका–६ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारका निमावि द्वितीय श्रेणीका शिक्षक हुन्। यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) परशुराम यादवको मृत्यु भएको थियो।
रामेछाप नगरपालिका–२ देउरालीको शीतलादेवी माध्यमिक विद्यालय र वडा नं. ३ साँघुटारको वडा कार्यालय मतदान केन्द्रका लागि कर्मचारी र निर्वाचन सामग्री लिएर गएको ना ४ ख ६७६८ नम्बरको निसान मिनीट्रक देउरालीको सिरुवारीमा दुर्घटनामा परेको हो। सामग्री ओरालेर गाडी पछि हटाउने (ब्याक गर्ने) क्रममा सडकबाट खसेको स्थानीयले बताएका छन्।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिमल्सिनाले जानकारी दिए। घाइते हुनेमा दुई पुरुष र तीन महिला रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
