झापाको गिरीबन्धु चियाबगानभित्रको ५१ बिघा जग्गाको खरिदबिक्री, धितो र नामसारीमा रहेको अवरोध हटाउने सर्वपक्षीय सहमति जुटेसँगै राजनीतिक दलहरूले यस क्षेत्रमा चुनावी प्रचारप्रसार गर्न पाएका छन्।
झापा— बिर्तामोड बसपार्क क्षेत्रसमेत समेटिने गिरीबन्धु चियाबगानभित्रको ५१ बिघा जमिनको रोक्का खुला गर्ने सर्वपक्षीय सहमति भएको छ। खरिदबिक्री, धितो र नामसारीमा रहेको अवरोध हटाउने सहमति जुटेसँगै राजनीतिक दलहरूले यस क्षेत्रमा चुनावी प्रचारप्रसार गर्न पाएका छन्।
५१ बिघा परिसरमै आफ्नो कार्यालय रहेको नेपाल पत्रकार महासंघ, झापाको समन्वयमा ‘वार्ता र संवादका माध्यमबाट सम्भावित द्वन्द्वलाई शान्तिपूर्ण समाधानतर्फ लैजाने र निर्वाचन गतिविधि गर्न दिने’ सहमति जुटेको हो। दुई दशकयता स्थानीयले भोगचलन गर्दै आए पनि एक वर्षअघि सर्वोच्च अदालतले गिरीबन्धुको ३४४ बिघा जमिनको सट्टाभर्ना र खरिदबिक्रीबारे गरेको फैसलापछि यो ५१ बिघा पनि रोक्कामा परेको थियो। आफ्नो माग र अधिकारमाथि सुनुवाइ नभएको भन्दै यहाँका बासिन्दाले एक महिनायता यस क्षेत्रलाई ‘निर्वाचन गतिविधि निषेधित क्षेत्र’ घोषणा गरेका थिए।
यस क्षेत्रका बासिन्दा एवं बसपार्क समन्वय समितिका पदाधिकारी हरि भण्डारीका अनुसार, गत शुक्रबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गौतम, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तथा नेपाली कांग्रेस, एमाले, रास्वपा, राप्रपासहितका झन्डै दुई दर्जन दल र संस्थाका प्रतिनिधिबीच मालपोत सहजीकरण गर्ने सहमति भएको छ।
झापा क्षेत्र नम्बर २ मा पर्ने यस ५१ बिघाभित्र कम्तीमा ६०० घर, २०० टहरा र १० हजार मतदाता छन्। विवादित जमिनमध्ये १२ बिघा बिर्तामोड–५ र बाँकी अर्जुनधारा–१५ मा पर्छ। यस क्षेत्रबाट पूर्वसभामुख देवराज घिमिरे (एमाले) र इन्दिरा रानामगर (रास्वपा)सहितका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यो पनि – गिरीबन्धुको ५१ बिघा जमिन रोक्का भएपछि थपियो ‘चुनावी अजेन्डा’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
